१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नुवाकोट महोत्सवमा लोपोन्मुख घोडा नाच आकर्षण

नुवाकोट महोत्सवमा लोपोन्मुख घोडा नाच आकर्षण
अ अ+ अ-

त्रिशूली । नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सव अवलोकन गर्न आउनेलाई किस्पाङ गाउँपालिका–४ साल्मेका तामाङ समुदायद्वारा प्रस्तुत घोडा नाचले आकर्षित बनाएको छ ।

तामाङ समुदायको जातीय उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यताका विभिन्न किम्वदन्ती जोडिएको घोडा नाच लोप हुन नदिन महोत्सवमा घोडा नाचको प्रस्तुत गरिएको हो । आधुनिकतासँगै हराउँदै गएको उक्त नाचलाई संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारको लागि किस्पाङ –४ मा सङ्गम छेज्यु सांस्कृतिक मेला एवं घोडा नाच प्रदर्शन समूह स्थापना गरेर पर्वहरुमा अभ्याससहितको प्रदर्शनी थालिएको हो ।

परापूर्व समयदेखि छेच्युअन्तर्गत समूहमा खेलिने ऐतिहासिक घोडा नाच लोपोन्मुख अवस्थामा पुगेसँगै हाल स्थानीय सरकारको सहयोगमा संरक्षणमा जोड दिइएको किस्पाङ–४का वडाध्यक्ष बिनोद तामाङले जानकारी दिनुभयो । उहाँको अनुसार घोडचढीको सन्दर्भका यथार्थ चित्रणलाई जोडेर घोडा नाचको प्रचलनलाई निरन्तरता दिइएको हो ।

“मञ्जुश्री संवत्अनुसार तामाङ समुदायको नयाँ वर्षको अवसरमा मनाइने छेज्यु पर्वमा देखाइने चेमामध्येको एक तपु स्यप (घोडचढी नृत्य) मौलिक संस्कृति हो ।” उहाँले भन्नुभयो, “घोडचढी नाचमा सैनिकको आकृति र स्वरूप दिन दाँया हातमा तरबार, बायाँ हातमा ढाल र अनुहारमा रङ लगाएर प्रतिस्पर्धा गरिन्छ । अन्य सहायक सैनिकको हातमा भाला, धनुषलगायतका युद्धकौशलका सामग्री हुन्छ ।”

घोडचढी बनेर नाच्न मानिसले शरीरका दुवैतर्फ काठ बाँधी घोडाको आकृति बनाएको हुनाले दृष्य र प्रस्तुत रोमाञ्चक मानिने गरिएको छ । नाचको नेतृत्वले झ्याम्टा र ढ्याङ्ग्रोको तालमा दुवैतर्फबाट लामा सहभागी हुने भएकाले यस नाचलाई समूहमा प्रस्तुत गर्ने गरिएको साल्मेका ज्येष्ठ नागरिक चोक्ता लामाले जानकारी दिनुभयो ।

“नाचमा सहभागीको सङ्ख्याको निर्धारण आवश्यकता र उपलब्ध जनशक्तिअनुसार गरिन्छ”, उहाँले भन्नुभयो, “सेता वस्त्र धारण गरेका गोरखाली राजा (गोर्खइ ग्यल्पो) र रातो वस्त्र धारण गरेकालाई तिब्बती राजा (ल्हसई देव) भनिन्छ ।” शालिनरुपमा सुरु हुने प्रस्तुतिमा घोडाको उत्पत्ति कहाँ भएकोबाट सुरु भएर क्रमश: युद्धमा परिणत हँुदै दुवै पक्षको जितको निष्कर्षसहितको समापन गर्ने भएकाले घोडानाचमा सद्भाव र युद्धको समिश्रण पाइने घोडा नाचको संरक्षणमा जुट्नुभएका लामाको भनाइ छ ।

“वीर रसमा आधारित नृत्य भएको हुँदा युद्ध, लखेटालखेट, काटमार र लुकिछिपीको अभिनयले नाचलाई आकर्षण र अवधि बढाउछ”, उहाँले भन्नुभयो, “गोरखाली राजहरु डसङमा प्रवेश गर्नासाथ तिब्बती राजा युद्धमा होमिन्छन् । तेस्रो पटकको युद्धमा ‘कसैले पनि नहारे’ निष्कर्षमा सहमति जुट्दछ ।”

गोर्खालीले आफ्नो चामलसँग तिब्बतीको नुन साटेर मित्रवत् व्यवहार गर्दै संयुक्त विजय उत्सव मनाएर घोडा नाचको ‘युद्ध नृत्य’ अन्त्य हुन्छ । यसबाट तामाङ समुदायको उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यता जोडिन्छ ।

युद्ध तथा अन्य कारणले दिवङ्गत भएका व्यक्तिको भड्किएको आत्माको चिरशान्तिको कामना र कुलदेवता खुसी बनाई समाजमा सुख एवं शान्ति मिल्छ भन्ने विश्वासमा नुवाकोटको किस्पाङ गाँउपालिका–४ साल्मेमा हरेक वर्ष माघ ३ गतेदेखि ७ गतेसम्म छेज्यु पर्व मनाइने गरिएको छ । उक्त पर्वमा घोडा नाचलाई अनिवार्य सामेल गराइन्छ ।

नुवाकोटको किस्पाङसहित म्यागङ गाउँपालिका र रसुवा र धादिङमा घोडा नाचको प्रस्तुती देखाइने गरिएको छ । आधुनिकतासँगै हराउँदै गएको संस्कृतिले असर पुर्‍याएसँगै किस्पाङ गाउँपालिकाले मेला महोत्सवसहित औपचारिक कार्यक्रममा घोडा नाचलाई सहभागी गराउन थालिएको उपाध्यक्ष अर्जुन न्यौपानेले बताउनुभयो ।

“तामाङ समुदायले छेज्यु, ल्होछार र अन्य औपचारिक कार्यक्रममा घोडा नाच नाच्ने चलन भए पनि हराउँदै गएपछि स्थानीय सरकारले संरक्षणमा लागेको छ । मृत्यु संस्कारको घेवा कार्यसमेत पाँच दिने गरेर चेमा खेलाउने भएमा घोडा नाच अनिवार्य रहेको तथ्यलाई समेत उजागर गर्दै संस्कार र संस्कृतिमा स्थानीय सरकाराले सहयोग पुर्‍याउने छौँ”, उहाँले भन्नुभयो । रासस