• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

दुर्गेश थापामाथि जुत्ता प्रहार



काठमाडौं । गायक तथा मोडल दुर्गेश थापामाथि जुत्ता प्रहार भएको छ । शनिबार राति स्याङ्जाको वालिङ महोत्वसमा गीत गाइरहेको अवस्थामा उनीमाथि जुत्ता प्रहार गरिएको हो ।

वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौँ महोत्सवमा प्रस्तुति दिन स्याङ्जा पुगेका थापाले प्रस्तुति दिइरहेका बेला दर्शकबाट जुत्ता प्रहार भयो । प्रकाश डुम्रेले स्टेजतर्फ आफ्नो जुत्ता प्रहार गरेको प्रहरीले जनाएको छ ।

आइतबार दुर्गेशसहितको छलफलपछि डुम्रेलाई छाडिएको छ ।