• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

रामग्राम लिजमा दिने विषयमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन पर्यटनमन्त्रीको आग्रह



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माणको सम्बन्धमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन सांसदहरुलाई आग्रह गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै मन्त्री किराँतीले प्रधामन्त्री पुष्पकमल दाहालमाथि रामग्रामको आक्षेप नलगाउन सांसदहरुलाई आग्रह गर्नुभएको हो । उहाँले समिति बैठकमा सांसदहरुले प्रधानमन्त्री र मन्त्रीको मिलेमतोमा रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माण गर्ने लगायत समझदारी गर्न खोजिएको आक्षेप लगाएको भन्दै असन्तुटि जनाउनु भयो ।

उहाँले पर्यटन मन्त्रीको रुपमा गल्ति भए जिम्मेवारी र सजायको भागिदार हुन आफू तयार रहेको बताउनु भयो । उहाँले सांसदहरुले नै अनुमानित रुपमा प्रधानमन्त्रीमाथि आक्षेप लाउने कुरा राम्रो नभएको बताउनु भयो । उहाँले रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माणको सम्बन्धमा सम्झौता गर्न आफू अध्यक्षतामा बसेको बैठकले स्वीकृत नदिएको बताउनु भयो । उहाँले बैठकले कानूनी पक्षको समेत अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई सिफारिस मात्रै गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘लुम्बिनी विकास कोषको अध्यक्ष भएकाले समितिमा छलफल गर्ने र रामग्रामका विषयमा सम्झौता भएको हो भने त्रुटिपूर्ण छ । सरकारको तर्फबाट कतै पनि स्वीकृत दिएको छैन । लुम्बीनी विकास कोषको बैठकमा स्पष्ट छ कानूनी पक्षको समेत अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई सिफारिस बैठकले गरेको थियो । मन्त्री नै बसेर आफैँले सम्झौता गर्ने सस्कृति नसिकाउने भन्नेकुरा हुँदैन । रामग्रामसँग बिना प्रमाण सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जोड्नु भएन । पर्यटनमन्त्रीको रुपमा गल्ति भएको छ भने आफैँ जिम्मेवारी र सजायको भागिदार हुन पनि तयार छु । तर अनुमानित रुपमा प्रधानमन्त्रीमाथि आक्षेप लाउने कुरा गरिमामय संसदीय समिति बैठकमा नगर्दा राम्रो हुन्छ ।’

उहाँले लुम्बिनी विकास कोषले रामग्राम लिजमा दिने विषयमा सम्झौता गरेको भए त्रुटिपूर्ण हुने बताउनु भयो । उहाँले सरकारको तर्फबाट स्वीकृति नदिएको पनि स्पष्ट पार्नुभयो ।