१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

बीमा र अनुदानले स्याउ किसान लाभान्नित

बीमा र अनुदानले स्याउ किसान लाभान्नित
अ अ+ अ-

मुगु । सरकारले  बीमामा अनुदान दिन थालेपछि मुगुका स्याउ किसान लाभान्वित हुँदै आएका छन्  । स्याउ उत्पादनमा कमी आए पनि सरकारले किसानलाई दिएको अनुदान र बीमा रकम पाएपछि भने किसान हर्षित भएका हुन्  ।

समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकता भन्दाबढी असिना र पानी परेकाले यो वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत गिरावट आएको थियो  । छायानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँ पालिकामा कम्तीमा ३० बोटदेखि तीनसय बोट स्याउ लगाउनेसम्मका किसान छन् । स्याउ उत्पादनमा क्षति भए पनि किसानले बीमाबापतको रकम भुक्तानी पाएपछि राहत महसुस गरेका हुन्  ।

पछिल्लो समय स्याउ उत्पादन गर्नेदेखि अन्य किसानमा बीमाप्रति आकर्षण बढ्दै गएको छ । स्याउ फूल्ने समयमा छाँयानाथ रारा नगरपालिकाभित्रका ताल्च, कालापाल्त, पिना, बाम, तुम, शोभा, रोवा, घट्टलेख, छैला, चिमाथलगायत विभिन्न क्षेत्रका किसानले स्याउको बीमा गराइसकेका छन् । बीमा गराउनेमा उक्त क्षेत्रका पाँच सय ४७  किसान रहेका तथ्याङ्क छ ।

छाँयानाथ रारा नगरपालिका– ६ का गोविन्द बमले एक सय ६० बोट स्याउको बीमा समय मै गराएको बताउनुभयो । स्याउ उत्पादन नभए पनि बीमाबापत रकम पाएपछि  खुसी लागेको उहाँले बताउनुभयो । गरिब किसानलाई सरकारको अनुदान र बीमाले फाइदा पुगेको धारणा रारा नगरपालिका १० का रामकृष्ण सेजुवालको थियो ।

यस्तै पाँच हजार वर्ग क्षेत्रफलभित्र दुई सय भन्दाबढी स्याउको बिरुवा लगाएर स्याउ खेती गर्दै आउनुभएका छाँयानाथ रारा नगरपालिका ४ का जयलक्ष्मी भामले आफ्नो  बगानमा लगाइएका स्याउबाट उत्पादन नभएको गुनासो गर्नुभयो । असिना पानी र बेमौसमी वर्षाले स्याउ उत्पादन निकै घटेको थियो भन्दै उहाँले गत वर्ष चौततिर आठ हजार पाँच सय तिरेर एक सय ६० बोट स्याउको बीमा गराएकाले उत्पादन नभए पनि राहत पाएँ ।

भामले बीमा बापत रु ४० हजार चार सय  बीमा कम्पनीबाट पाइएको जानकारी दिनुभयो । समयमै बीमा गर्दा उत्पादन नभए पनि किसानलाई बीमाले निकै राहत दिएकाले यो वर्ष पनि आफू बीमा गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । भामले भन्नुभयो, “हामी किसानका लागि स्याउ बीमा धेरै राम्रो रहेछ । गतवर्ष आठ हजार पाँच सय तिरेर बीमा गराएको थिएँ  तर उत्पादन शून्य नै भयो । केही आम्दानी गर्न सकेनौँ । बीमाले राहत भयो । यो वर्ष पनि बीमा गराउने तयारीमा छु ।”

जिल्लाको स्याउ उत्पादनमा पकेट क्षेत्र मानिने छाँयानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालका किसानले शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडको मुगु शाखामा स्याउको बीमा गर्दै आएका छन् । गत वर्षको बेमौसमी वर्षाले गर्दा कसैको बोटमा स्याउको दानै फलेन भने स्याउ फलेकाको पनि ४० प्रतिशत उत्पादनमा गिरावट आएको  शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड जिल्लाशाखा प्रमुख लोकेन्द्र भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार सोही आधारमा जिल्लाका पाँच सय ४७  किसानले लगाएका ९० हजार भन्दाबढी स्याउका बोटको बीमा गराएबापत बिमितलाई रु एक करोड ८० लाख भन्दाबढी रकम भुक्तानी गरिसकिएको छ । “रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिका गरी हामीले ९० हजार बोटको बीमा गराएका थियौँ। यस  वर्ष उत्पादनमा भएको ४० प्रतिशत क्षतिको आधारमा हामीले कूल एक करोड ८० लाखको हाराहारीमा किसानलाई भुक्तानी गरिसकेका छौँ,’ प्रमुख भण्डारीले भन्नुभयो ।

स्याउखेती बीमाअन्तर्गत सरकारले किसानलाई ८० प्रतिशत अनुदान दिँदै आएको छ । बीमाको अवधि एकवर्ष हुन्छ किसानले आफ्नो स्याउका बोटको बीमा अवधि सकिएपछि पुन: बीमा गर्नुपर्ने हुन्छ । सरकारले बीमामा अनुदान दिँदा विभिन्न प्राकृतिक विपत्ले स्याउ उत्पादनमा गिरावट आएकाले  निराश भएका किसान यो व्यवसाय नै छोड्नुपर्ने अवस्थामा पुगेकामा बीमाले  पुनर्जिवन दिएकोजस्तो अनुभूति गर्दै आएका छन् ।  रासस