६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केसीए यु-१४ क्रिकेट : नेक्सस क्रिकेट एकेडेमीका दुवै टिमको विजयी सुरुआत



अ+ अ-

काठमाडौं। केसीए यु-१४ क्रिकेट प्रतियोगितामा नेक्सस क्रिकेट एकेडेमीका दुवै टिमले विजयी सुरुआत गरेका छन्।

चुनिखेल बुढानिलकण्ठस्थित काठमाडौं क्रिकेट एकेडेमी को मैदानमा शुक्रबार सम्पन्न खेलमा नेक्सस ‘ए’ ५२ रन र नेक्सस ‘बी’ सुपर ओभरमा विजयी भयो।

प्रतियोगिताको उद्घाटन खेलमा नेक्सस ‘ए’ ले दिएको १०९ रनको लक्ष्य पछ्याएको भक्तपुर म्युनिसिपल क्रिकेट एशोसिएसन १५.३ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेक्सस ‘ए’ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रन बनायो। खेलमा २९ रन र ३ विकेट लिएकी युनिक गुरुङ प्लेयर अफ दि म्याच घोषित भइन्।

यस्तै दोस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमी ‘बी’ लाई सुपर ओभरमा नेक्सस ‘बी’ ले पराजित गरेको छ। हिमालयनले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेक्सस ‘बी’ ले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९४ र नै बनाएपछि खेल बराबरी भयो।

त्यसपछि खेलको निर्णय सुपर ओभरमा नेक्सस ‘बी’ विजयी भयो। खेलमा २२ रन र १ विकेट लिएका नेक्सस ‘बी’ का विधानराज बस्नेत प्लेयर अफ दि म्याच घोषित भए।