३ भाद्र २०८३, बुधबार
,
Latest
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

केसीए यु-१४ क्रिकेट : नेक्सस क्रिकेट एकेडेमीका दुवै टिमको विजयी सुरुआत



अ+ अ-

काठमाडौं। केसीए यु-१४ क्रिकेट प्रतियोगितामा नेक्सस क्रिकेट एकेडेमीका दुवै टिमले विजयी सुरुआत गरेका छन्।

चुनिखेल बुढानिलकण्ठस्थित काठमाडौं क्रिकेट एकेडेमी को मैदानमा शुक्रबार सम्पन्न खेलमा नेक्सस ‘ए’ ५२ रन र नेक्सस ‘बी’ सुपर ओभरमा विजयी भयो।

प्रतियोगिताको उद्घाटन खेलमा नेक्सस ‘ए’ ले दिएको १०९ रनको लक्ष्य पछ्याएको भक्तपुर म्युनिसिपल क्रिकेट एशोसिएसन १५.३ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेक्सस ‘ए’ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रन बनायो। खेलमा २९ रन र ३ विकेट लिएकी युनिक गुरुङ प्लेयर अफ दि म्याच घोषित भइन्।

यस्तै दोस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमी ‘बी’ लाई सुपर ओभरमा नेक्सस ‘बी’ ले पराजित गरेको छ। हिमालयनले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेक्सस ‘बी’ ले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९४ र नै बनाएपछि खेल बराबरी भयो।

त्यसपछि खेलको निर्णय सुपर ओभरमा नेक्सस ‘बी’ विजयी भयो। खेलमा २२ रन र १ विकेट लिएका नेक्सस ‘बी’ का विधानराज बस्नेत प्लेयर अफ दि म्याच घोषित भए।