९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

म्याक्सवेलले गरे रोहित शर्माको विश्व कीर्तिमान बराबरी

म्याक्सवेलले गरे रोहित शर्माको विश्व कीर्तिमान बराबरी
अ अ+ अ-

एजेन्सी । अस्ट्रेलिया र वेस्ट इन्डिजबीचको दोस्रो टी–२० खेल एडिलेड ओभल मैदानमा जारी छ । यो खेलमा अष्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले विष्फोटक शतक प्रहार गर्दै ठूलो उपलब्धि हासिल गरेका छन् ।

आफ्नो करियरको १०२ औं टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै म्याक्सवेलले करियरको पाँचौं शतक प्रहार गरे । म्याक्सवेलले ५० बलमा ९ चौका र ७ छक्का प्रहार गर्दै शतक पूरा गरे । यस क्रममा उनले भारतीय टोलीका कप्तान रोहित शर्माको विश्व कीर्तिमान पनि बराबरी गरेका छन् ।

यस अवधिमा म्याक्सवेल संयुक्त रूपमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने विश्वका पहिलो ब्याट्सम्यान बनेका छन् । यस मामिलामा म्याक्सनेलले भारतीय टोलीका कप्तान रोहित शर्माको विश्व कीर्तिमानको बराबरी गरेका छन् ।

म्याक्सवेलको खातामा पनि पाँच टी–२० अन्तर्राष्ट्रिय शतक भएको छ जसले रोहितको कीर्तिमानलाई बराबरी गर्यो । म्याक्सवेलले ९४ इनिङ्समा यो उपलब्धि हासिल गरेका थिए भने रोहितले १४३ इनिङ्समा यो उपलब्धि हासिल गरेका थिए । सूर्यकुमार यादव ४ शतकसहित तेस्रो स्थानमा छन् ।