• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

सरकारलाई संसदीय समितिले भन्यो: अध्यागमनसम्बन्धि कानून समयानुकुल बनाऊ



file photo

काठमाडौँ । संसदीय समितिले अध्यागमनसम्बन्धि विद्यमान कानून तत्काल परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ ।

आईतवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमन सम्बन्धि विद्यमान ऐन, नियम तत्काल परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको हो ।

समयानुकुल हुनेगरी सो सम्बन्धि विधेयक तत्काल परिमार्जन गर्न गृह मन्त्रालयलाई निर्देश गरिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो । त्यसैगरी बैठकले मानव तस्करी नियन्त्रण र खुला सीमा सुरक्षा कडा चेकजाँचको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । भिसा सम्बन्धि समस्या समाधान गर्न पनि सरकारलाई भनिएको समितिका सभापति खतिवडाले बताउनु भयो । समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपुग जनशक्ति तत्काल व्यवस्थापन गर्न र राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई निर्देशन दिएको छ ।

सभापति खतिवडाले भन्नुभयो, ‘अध्यागमन सम्बन्धमा विद्यमान ऐन, नियममा समयानुकूल परिमार्जन गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिने । मानव तस्करी नियन्त्रण गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिने । भिसा समस्या समाधान गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिने । भिक्षुहरुलाई श्रम भिसा दिनु भन्दा आवश्यक ऐन परिमार्जन गर्न नेपाल सरकारलाई निर्देशन दिने । सडकमा रहेका माग्नेलाई व्यवस्थित गर्न गृह मन्त्रालयलाई निर्देशन दिने । खुला सीमा सुरक्षा व्यवस्था कडा बनाउन नेपाल सरकार गृह मन्त्रालयले समन्वय गर्ने । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी एयरपोर्टमा जनशक्ति अपुग भएकालेमा थप जनशक्ति व्यवस्थापन गर्न र बाहिरबाट आउँदा त्यहाँ भीड नदेखिने गरी यात्रुलाई सहजता दिने आवश्यक पहल गर्ने । राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको छ ।’

समितिले सडकमा रहेका भोकानांगा नागरिकको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।