• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

अध्यागमन कर्मचारी र प्रहरीबीच हातपातको घटनाका दोषीमाथि कडा कारबाही हुन्छ: उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको हातपातको घटनाका दोषीलाई कडा कारबाही हुने बताउनुभएको छ ।

आईतवार प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले सो घटना दु:खद् भएको निष्कर्ष निकाल्दै त्यसका दोषीमाथि कारबाही हुने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उपप्रधानमन्त्री श्रेष्ठले सो घटनामा संलग्न असईसहित अन्य दुई जना प्रहरीलाई र अध्यागमनका कर्मचारीलाई त्यहाँबाट हटाएर विभागीय कारबाही गर्न छानविन समितिले सुझाव दिएकाले सोही अनुसारको कारबाही प्रक्रिया अघि बढ्ने बताउनु भयो । उहाँले अध्यागमन विभागमा सो खालको घटना फेरि दोहोरिन नदिन सरकारले त्यहाँको सबै कामकारवाही स्वचालित प्रक्रिया (अफिस अटोमेशन सिस्टम) बाट शुरु गर्न लागिएको पनि बताउनु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘सिधै भन्न सकिने कुरा कुरा के हो भने व्यवसायिक आचरण भएन । मुख्य कुरा त त्यही हो । व्यवसायिक आचरण भएन र , त्यो घटना घट्न पुग्यो । हामी एक्शनको प्रक्रियामा भइसकेपछि त्यो घटना घट्यो । अब त्यसमा हाम्रो प्रतिवेदनमा के छ भने जे भयो, दु:खद् भयो । त्यस्तो घटना दोहोरिन दिन हुँदैन । त्यसको निम्ति छानविन गरेर दोषीलाई कारबाही गर्ने पहिलो कुरा भनेर हामीले निष्कर्ष निकालेका छौं । एउटा पक्ष प्रहरीलाई मात्रै कारबाही भयो कि भन्ने कुरा पनि आयो । प्रतिवेदनको निष्कर्ष त्यस्तो छैन । त्यहाँ जब हाम्रो अध्यागमनको कर्मचारीले त्यो अराईबलको प्रक्रियाबाट अगाडि जान खोज्नुभयो । स्वभाविक रुपमा प्रहरीले चेकिङ गर्न खोज्यो । त्यो चेकिङ त गर्नैपर्छ ।’

‘त्यहाँ हरेक पटक जाँदाखेरी त्यो गर्नुपर्ने स्थिति भएको कारणले गर्दाखेरी वा अरु कुनै कारणले गर्दाखेरी जेहोस त्यहाँ हाम्रो अध्यागमनको अधिकृतले चेकजाँचको लागि सहज हुनुपर्ने त्यस्तो भएनन् । अस्वीकार गरिदियो । पहिलो समस्या त्यही हो । तर प्रहरी कर्मचारी त बर्दीमा छ । बर्दीमा रहेका प्रहरीको जोसँग मतभेद भयो । द्वन्द्व भयो, त्यहाँ अलिकति भनाभन पनि भयो । उनले मात्रै केही गरेको भए त स्वभाविक हुन्थ्यो । अर्को डेस्कमा बसिराखेको एउटा असई कुदेर आएर उसलाई कुट्न जान्छ । त्यस पछि अरु डेस्कमा बसेका २ जना प्रहरी पनि थपिन्छन् । र, लतार्दै लगेर कुट्छ । यस्ता घटनालाई हामी कुनै पनि हालतमा प्रोत्साहित गर्न सक्दैनौं । त्यो गल्ती नै हो । त्यसकारणले त्यो असई जो अर्को जिम्मेवारीमा थियो । दौडेर आएर उसलाई समात्यो । र, लिएर गएर कुटेर अरु दुई जना पनि थपिए । त्यहाँ कमजोरी भएकै छ । त्यसकारण असईलाई निलम्वन गर्ने र अरुलाई पनि हामी विभागीय कारबाही गर्ने भन्ने निष्कर्षमा पुगेका छौं । अव कर्मचारीको हकमा के छ ? कर्मचारीलाई हामीले दोषबिहिन भनेका छैनौं । ती कर्मचारीलाई चाँही हामीले त्यहाँबाट निस्काषन गर्ने र विभागीय कारबाही गर्ने पनि निर्णय गरेका छौं । र दुई वटा प्रहरी कर्मचारीलाई पनि विभागीय कारबाहीको प्रक्रियामा लैजान्छौं । हाम्रो निष्कर्ष त्यहाँ त्यस्तो छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले अध्यागमन विभाग भित्रको बेथिति हटाउनका लागि सरकारले कडा कदम चाल्ने थालेपछि त्यहाँ भित्र हातहातको अवस्था आएको पनि छानविन समितिको प्रतिवेदनको निष्कर्ष रहेको पनि समितिलाई जानकारी गराउनु भयो ।