• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

६ वर्षीय विश्वासले विश्वका सबै देशको झण्डा चिन्ने, गिनिज बुकमा नाम लेखाउने तयारी



काठमाडौं । नुवाकोट तारकेश्वर स्थायी निवासी ६ वर्षीय बालक विश्वास अधिकारीले विश्वका सबै देशका झण्डा र ती देशमा रहेका टापुहरु चिन्न सक्ने उनको परिवारले दाबी गरेको छ ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनको प्रतिभाबारे जानकारी गराइएको हो ।

उनकी आमा कल्पना थापाले परिवारको कुनै सहयोगबिनानै विश्वासले आफैं ती देशहरुको झण्डा र टापुहरु चिनेको बताईन् । अब आफूहरुको लक्ष्य विश्वासको प्रतिभाको सम्मान स्वरुप ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन पहल गर्ने रहेको उनले बताईन् । ‘हाम्रो लक्ष्य भनेको बाबुको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा लेखाउने नै हो । सानै उमेरमा यतिधेरै प्रतिभा भएकाले भोलिका दिनमा केही सपोर्ट हुन्छ कि भनेर नै हामी लागिपरेका छौं,’– उनले भनिन् ।

विश्वास जोरपाटीस्थित एक स्कुलमा युकेजीमा पढ्छन् । कार्यक्रमकै क्रममा पनि उनलाई विभिन्न देशका झण्डाहरु देखाइएको थियो । उनले ती झण्डाहरु सहजै चिनेका थिए । विश्वासकी आमा कल्पनाले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का लागि सहयोग गरिदिन अपिल गरिन् ।