१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

देशको अखण्डता र राष्ट्रियता गम्भीर संकटमा: अध्यक्ष केसी

देशको अखण्डता र राष्ट्रियता गम्भीर संकटमा: अध्यक्ष केसी
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादरुर केसीले देशको अखण्डता र राष्ट्रियता गम्भीर संकटमा रहेको बताउनुभएको छ ।

आईतवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनै एक व्यक्तिलाई दोषी देखाएर जेलमा राख्दैमा नेपाली समाज परिवर्तन नहुने भन्दै राज्य सञ्चालन गर्नेहरुको प्रवृत्ति सच्चिन जरुरी रहेको बताउनु भयो । उहाँले राजनीति गर्ने भनेको जसरी नि कमाउनका लागि भन्ने मानसिकता हटाउनुपर्ने बताउनु भयो । उहाँले मान्छे बेचबिखन गर्ने सञ्जालहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै राष्ट्रलाई सखाप पार्नुछ भने त्यो राष्ट्रमा गलत शिक्षा भित्र्याउनुपर्छ भन्ने कुनै एक मानिसको भनाइ थियो । नेपालमा के छ भन्दा जागिर खाने भनेको राष्ट्र र जनताको सेवाको लागि होइन की जसरी पनि पैसा कमाउने हो । घुस नखानेहरु रिसाउनु परेन । राजनीति गर्ने भनेको जसरी नि कमाउनका लागि हो । अरु भन्दा बढी धनाढ्य हुनुपर्छ, भन्ने जुन शिक्षा प्रणाली छ, यसले राष्ट्र आज अत्यन्त अधोगति भइरहेको छ । मान्छे बेचबिखन गर्न दलाल कटिवद्ध छन् । राज्य प्रशासनमा बस्ने मानिसहरुको संरक्षणबेगर तिनले मनपरी गर्न सक्छन् ? सबैभन्दा पहिला राज्य सञ्चालन गर्नेहरु सच्चिनुपर्छ । हाम्रो प्रवृत्ति बदल्नुपर्छ । एक जनालाई जेलमा कोचेर नेपाली समाज बदलिँदैन । यही कारणले देशको अखण्डता, राष्ट्रियता गम्भीर संकटमा छ ।’

अध्यक्ष केसीले नेपालमा जागिर खानेकुरा जनताको सेवाका लागि नभइ कमाइ खाने भाँडोको रुपमा प्रयोग हुने गरेको बताउनु भयो ।