• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

१९ बुँदे घोषणापत्र जारी गर्दै सकियो नेपाल जग्गा तथा आवास विकास महासंघको दोस्रो माहासभा



काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास महासंघले आगामी वैशाख महिनामा हाउजिङ सम्मेलन गर्ने भएको छ ।

शनिवार पोखरामा १९ बुँदे घोषणपत्र जारी गर्दै सकिएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोस्रो माहासभा बैठकले वैशाख महिनामा हाउजिङ सम्मेलन गर्ने निर्णय गरेको हो ।

आईतवार दोस्रो महासभा बैठकका निर्णयहरुबारे जानकारी दिँदै महासंघका अध्यक्ष भेषराज लोहनीले महासभा सोचेको भन्दा व्यवस्थित, मर्यादित, शालिन र उपस्थितिको हिसावले र व्यवसायहरुलाई उत्साह प्रदान गर्ने कुरामा सफल भएको बताउनु भयो । उहाँले संगठनलाई मजबुत बनाउने कुरामा पनि महासभा सफल भएको उहाँको ठम्याइ छ । महासभामा ३३ वटा जिल्ला संघहरुसहित ५० जिल्लाका करिव ३५० भन्दा बढी प्रतिनिधि सहभागी भएको बताउनु भयो । उहाँले घरजग्गालाई व्यवस्थित, मर्यादित र अनुशासित ढंगले राज्यलाई थप योगदान दिने ढंगले काम गर्नको लागि स्टक मार्केट जस्तै रियल स्टेट मार्केट गठन गर्नुपर्ने बताउनु भयो । उहाँले याण्डपोलिङ, हाउजिङपोलिङ गरेर निजी क्षेत्रलाई सहभागी गराइ टाउनसिप गराउने ढंगमा सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले सोचेको भन्दा व्यवस्थित, मर्यादित, शालिन र उपस्थितिको हिसावले र व्यवसायहरुलाई उत्साह प्रदान गर्ने कुरामा र हाम्रा म्यासेज डेलिभर गर्ने कुरामा, संगठनलाई मजबुत बनाउने ढंगमा यी विभिन्न पक्षमा महत्वपूर्ण र सफल रह्यो । हामीसँग ३३ वटा जिल्ला संघहरु र अरु थप जिल्लासहित ५० जिल्लाको सहभगिता रह्यो । जम्मा ३५० जनाले सहभागिता जनाउनुभएको थियो । हामीले पोखरा घोषणापत्रमा १९ बुँदे घोषणा पत्र जारी गरेका छाँै ।

त्यसमा महत्वपूर्ण रुपमा हामीले पटक पटक उठाउँदै आएको घरजग्गालाई व्यवस्थित, मर्यादित र अनुशासित ढंगले राज्यलाई थप योगदान दिने ढंगले काम गर्नको लागि स्टक मार्केट जस्तै रियल स्टेट मार्केट गठन गर्नुपर्छ, त्यसले काम गराउनुपर्छ । ल्याण्डपोलिङ, हाउजिङपोलिङ गरेर निजी क्षेत्रलाई सहभागी गराइ टाउनसिप गराउने ढंगमा सहकार्य गर्नुपर्छ । हदबन्दीको कुरा उठाएका छौँ । विदेशीलाई अपार्टमेण्टका कुरा उठाएका छौँ । यसले देशभरका व्यवसायीहरुका पीर,मर्का समस्याहरु सबै बुझेर वस्तुस्थितिबारे जानकारी लिन्छौँ र सरकारलाई जानकारी गराउने उद्देश्यले यो घोषणा पत्र जारी भएको हो । नीति निर्माणको तहमा रहनु हुनेलाई जानकारी गराउँछौँ । वैशाखमा हाउजिङ समिट गर्ने तयारी गर्दैछौँ ।’

अध्यक्ष लोहनीकाअनुसार दोस्रो माहासभा बैठकले रूपमा सुनिश्चित गर्ने, रियल इस्टेटलाई उद्योगको रूपमा विकास गर्ने, ब्रोकरेज नियमन र भूमि बजार सम्बन्धी कानून निर्माण गर्ने,जग्गाको हदबन्दी हटाउने, अपार्टमेन्ट बिक्रीको लागि कानूनी व्यवस्था गर्ने, कम्पनी दर्ता गरी कर कानूनको पालना गर्ने, वातावरणमैत्री सहरी विकास गर्ने, नयाँ शहरी विकास गर्ने, व्यक्ति निर्मित आवास प्रणालीको अन्त्य गर्ने, बहु–तले अपार्टमेन्ट एवं मिश्रित व्यावसायिक भवनहरूको विकासमा जोड दिने, सरलीकृतरुपमा कर्जा प्रवाह गर्ने, प्रशासनिक बाधा अढचनहरू हटाउने, सरकारी–निजी क्षेत्र बीचको सहकार्यमा जोड दिने, पोखरालाई मुलुकको पर्यटन राजधानी बनाउने, विशेष आर्थिक क्षेत्र स्थापना गर्ने, गण्डकी प्रदेश सरकारसँग सहकार्य गर्ने, शहरी तथा क्षेत्रीय अध्ययन प्रतिष्ठान (नियर्स) सँग सहकार्य गर्ने, संगठित हुनुपर्ने, महासंघले जिम्मेवार व्यावसायीको भुमिका निर्वाह गर्ने १९ बुँदै घोषणापत्र जारी गरेको छ ।