१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

१९ बुँदे घोषणापत्र जारी गर्दै सकियो नेपाल जग्गा तथा आवास विकास महासंघको दोस्रो माहासभा

१९ बुँदे घोषणापत्र जारी गर्दै सकियो नेपाल जग्गा तथा आवास विकास महासंघको दोस्रो माहासभा
अ अ+ अ-

काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास महासंघले आगामी वैशाख महिनामा हाउजिङ सम्मेलन गर्ने भएको छ ।

शनिवार पोखरामा १९ बुँदे घोषणपत्र जारी गर्दै सकिएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोस्रो माहासभा बैठकले वैशाख महिनामा हाउजिङ सम्मेलन गर्ने निर्णय गरेको हो ।

आईतवार दोस्रो महासभा बैठकका निर्णयहरुबारे जानकारी दिँदै महासंघका अध्यक्ष भेषराज लोहनीले महासभा सोचेको भन्दा व्यवस्थित, मर्यादित, शालिन र उपस्थितिको हिसावले र व्यवसायहरुलाई उत्साह प्रदान गर्ने कुरामा सफल भएको बताउनु भयो । उहाँले संगठनलाई मजबुत बनाउने कुरामा पनि महासभा सफल भएको उहाँको ठम्याइ छ । महासभामा ३३ वटा जिल्ला संघहरुसहित ५० जिल्लाका करिव ३५० भन्दा बढी प्रतिनिधि सहभागी भएको बताउनु भयो । उहाँले घरजग्गालाई व्यवस्थित, मर्यादित र अनुशासित ढंगले राज्यलाई थप योगदान दिने ढंगले काम गर्नको लागि स्टक मार्केट जस्तै रियल स्टेट मार्केट गठन गर्नुपर्ने बताउनु भयो । उहाँले याण्डपोलिङ, हाउजिङपोलिङ गरेर निजी क्षेत्रलाई सहभागी गराइ टाउनसिप गराउने ढंगमा सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले सोचेको भन्दा व्यवस्थित, मर्यादित, शालिन र उपस्थितिको हिसावले र व्यवसायहरुलाई उत्साह प्रदान गर्ने कुरामा र हाम्रा म्यासेज डेलिभर गर्ने कुरामा, संगठनलाई मजबुत बनाउने ढंगमा यी विभिन्न पक्षमा महत्वपूर्ण र सफल रह्यो । हामीसँग ३३ वटा जिल्ला संघहरु र अरु थप जिल्लासहित ५० जिल्लाको सहभगिता रह्यो । जम्मा ३५० जनाले सहभागिता जनाउनुभएको थियो । हामीले पोखरा घोषणापत्रमा १९ बुँदे घोषणा पत्र जारी गरेका छाँै ।

त्यसमा महत्वपूर्ण रुपमा हामीले पटक पटक उठाउँदै आएको घरजग्गालाई व्यवस्थित, मर्यादित र अनुशासित ढंगले राज्यलाई थप योगदान दिने ढंगले काम गर्नको लागि स्टक मार्केट जस्तै रियल स्टेट मार्केट गठन गर्नुपर्छ, त्यसले काम गराउनुपर्छ । ल्याण्डपोलिङ, हाउजिङपोलिङ गरेर निजी क्षेत्रलाई सहभागी गराइ टाउनसिप गराउने ढंगमा सहकार्य गर्नुपर्छ । हदबन्दीको कुरा उठाएका छौँ । विदेशीलाई अपार्टमेण्टका कुरा उठाएका छौँ । यसले देशभरका व्यवसायीहरुका पीर,मर्का समस्याहरु सबै बुझेर वस्तुस्थितिबारे जानकारी लिन्छौँ र सरकारलाई जानकारी गराउने उद्देश्यले यो घोषणा पत्र जारी भएको हो । नीति निर्माणको तहमा रहनु हुनेलाई जानकारी गराउँछौँ । वैशाखमा हाउजिङ समिट गर्ने तयारी गर्दैछौँ ।’

अध्यक्ष लोहनीकाअनुसार दोस्रो माहासभा बैठकले रूपमा सुनिश्चित गर्ने, रियल इस्टेटलाई उद्योगको रूपमा विकास गर्ने, ब्रोकरेज नियमन र भूमि बजार सम्बन्धी कानून निर्माण गर्ने,जग्गाको हदबन्दी हटाउने, अपार्टमेन्ट बिक्रीको लागि कानूनी व्यवस्था गर्ने, कम्पनी दर्ता गरी कर कानूनको पालना गर्ने, वातावरणमैत्री सहरी विकास गर्ने, नयाँ शहरी विकास गर्ने, व्यक्ति निर्मित आवास प्रणालीको अन्त्य गर्ने, बहु–तले अपार्टमेन्ट एवं मिश्रित व्यावसायिक भवनहरूको विकासमा जोड दिने, सरलीकृतरुपमा कर्जा प्रवाह गर्ने, प्रशासनिक बाधा अढचनहरू हटाउने, सरकारी–निजी क्षेत्र बीचको सहकार्यमा जोड दिने, पोखरालाई मुलुकको पर्यटन राजधानी बनाउने, विशेष आर्थिक क्षेत्र स्थापना गर्ने, गण्डकी प्रदेश सरकारसँग सहकार्य गर्ने, शहरी तथा क्षेत्रीय अध्ययन प्रतिष्ठान (नियर्स) सँग सहकार्य गर्ने, संगठित हुनुपर्ने, महासंघले जिम्मेवार व्यावसायीको भुमिका निर्वाह गर्ने १९ बुँदै घोषणापत्र जारी गरेको छ ।