१३ माघ २०८१, आईतवार
,
Latest
सुन जस्तो देखिने धातु सहित एक जना पक्राउ सूचनाको हकले शासन प्रणालीलाई पारदर्शी बनाउनेः मुख्यमन्त्री कार्की एन्फा यु–१६ युथ लिग फुटबल: चर्च ब्वाइजले पुलिसलाई हरायो भुटानी शरणार्थी प्रकरणः बेचन झाको कागजात मगाउन सर्वोच्चको आदेश भारतले मनायो ७६ औँ गणतन्त्र दिवस–(फोटोफिचर) रविको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी जसपाको संघीय परिषद्को भेला आउँदो चैतमा काठमाडौंमा हुने विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० उद्योग समितिबाट पारित नेपाली जनताले विश्वास गरे ०८४ मा बहुमत ल्याउँछौँः महासचिव चन्द सैफ अलीमाथि हमला प्रकरणः आरोपितको औंठाछाप मेल खाएन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमाडोलमा आमाले गरिन् आत्महत्या, कोठाभित्र दुई बच्चा पनि मृत भेटिए



अ+ अ-

ललितपुर । इमाडोलमा महिला र दुई बच्चाको मृत्यु भएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोल ओचुहाइटमा बस्ने ३६ वर्षीया रविना महर्जनले ४ तले घरको छतबाट हामफाल्दा मृत्यू भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

छतबाट हामफालेर गम्भीर घाइते भएकी रविनालाई उपचारको लागि किस्ट अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा शनिबार राति ९ बजे मृत्यु भएको हो ।

रविनाका दुईजना बच्चाहरुको पनि मृत्यु भएको छ । ६ वर्षीय छोरा अश्वेत महर्जन र छोरी रीभा महर्जन कोठामा अचेत फेला परेपछि स्थानियले उपचारका लागि अस्पताल पुराएका थिए । उनीहरुको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा उनी श्रीमान्, सासु र दुई सन्तानसहित बस्दै आएकी थिइन् । घटना हुँदा श्रीमान घरमा नभएको र सुसाइट नोट समेत फेला नपरेकाले कारण खुल्न नसकेको एसपी कार्कीले जानकारी दिए । घटनाबारे अनुसन्धान जारी रहेको छ ।