६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख र सांसदहरुले आज कोरोनाविरुद्धको खोप लगाउँदै



अ+ अ-

काठमाडौं । आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उहाँहरुको निजी सचिवालयमा कार्यरत कर्मचारी,  दुवै सदनका सांसदहरुलाई कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाइँदैछ ।

संघीय संसद सचिवालयका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको छ। त्यसैगरी आउँदो २१ गते शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी र अन्य खोप लगाउन छुटेकालाई खोप लगाइने बताईएको छ । 

आजै प्रतिनिधि सभा र राष्ट्रिय सभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि खोप लगाइने छ ।