• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

यू–१९ विश्वकप: उपाधिको लागि भारत र अष्ट्रेलिया भिड्दै



एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दैछन् । बेनोनीस्थित विलोमूर पार्कमा हुनलागेको खेल नेपाली समय अनुसार दिउँसोको १:४५ बजेबाट सुरु हुनेछ ।

भारतीय टोली नवौं पटक यू-१९ विश्वकपको फाइनलमा पुगेको हो । भारतले कुल ५ पटक उपाधि जितेको छ । भारतीय टोली प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । यसअघि सन् २०२२ मा भएको यू–१९ विश्वकपमा भारतले इङ्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

अस्ट्रेलियाले पहिलै संस्करणको उपाधि सन् १९८८ मै जितेको थियो । त्यसपछि २००२ मा र २०१० मा उपाधि जितेको थियो । अस्ट्रेलिया चौथो उपाधिको खोजीमा छ ।

एकदिवसीय विश्वकप २०२३ मा अस्ट्रेलियासँग फाइनलमा पराजित भएको भारत अन्डर १९ विश्वकपको फाइनल जितेर बदला लिन चाहन्छ । सिनियर टोलीको एकदिवसीय विश्वकप २०२३ को फाइनलमा अस्ट्रेलियाले भारतलाई घरेलु मैदानमा ६ विकेटले पराजित गरेको थियो । यता, अस्ट्रेलिया पनि फाईनलमा भारतलाई हराउदै विश्वकपमा हाबि राख्न सोचमा हुनेछ ।

यू–१९ विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई हराएको थियो । खेलमा भारतले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको दोस्रो फाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई १ विकेटले पराजित गर्दै फाईनल तय गरेको थियो ।

यू -१९ विश्वकपमा अहिलेसम्म भारत र अस्ट्रेलिया २ पटक उपाधि भिडन्त गर्दा दुवै पटक भारत हाबी भएको छ ।

प्रतियोगितामा नेपालसहित १६ राष्ट्रले सहभागिता जनाएको थियो । नेपाली टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणसम्म पुगेको थियो । समूहगत चरणको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराएको थियो ।

समग्रमा यू–१९ विश्वकपमा नेपाली टोली ११ औँ भएको छ । पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो र वेस्ट इन्डिज पाँचौँ भएका छन् । इङ्ल्यान्ड, बंगलादेश, श्रीलंका, आयरल्यान्ड र न्युजिल्यान्ड क्रमशस् छैटौँदेखि १० औँ स्थानमा रहे ।

यस्तै, प्रतियोगितामा जिम्बाबे, अफगानिस्तान, स्कटल्यान्ड, नामिबिया र अमेरिका क्रमशस् १२औँ देखि १६औँ भए ।