६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र विप्लवबीच औपचारिक वार्ता शुरु



अ+ अ-

काठमाडौं। सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच बुधबार काठमाडौँमा औपचारिक वार्ता सुरु भएको छ । 

वार्ताका लागि विप्लवका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र सदस्य दिपक चलाउने रहेका छन् । विप्लव पक्षसँग वार्ता गर्न सरकारी पक्षले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेसँगै विप्लव पक्षले पनि टोली घोषणा गरेको हो ।  

नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई सरकारले आपराधिक समूह रहेको ठहर गर्दै २ वर्षअघि प्रतिबन्ध लगाएको थियो । तर विप्लव नेतृत्वको दललाई अहिले सरकार आफैले पहल थालेर वार्तामा बोलाएको हो ।