६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाविरुद्धको खोप लगाउँदै सभामुख सापकोटा



अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाउनुभएको छ । आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उहाँहरुको निजी सचिवालयमा कार्यरत कर्मचारी,  दुवै सदनका सांसदहरुलाई कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाइँदैछ ।

बुधबार बिहान सिभिल अस्पताल पुगेर सभामुख सापकोटाले कोरोनाविरुद्धको खोप लगाउनुभएको हो  संघीय संसद सचिवालयका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको छ।

आजै प्रतिनिधि सभा र राष्ट्रिय सभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि खोप लगाइने छ ।