२१ असार २०८३, आईतवार
,
Latest
पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही राजमार्गमा सरकारको एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरुले यसरी लगाए कोरोना विरुद्धको खोप, हेर्नुहोस् फोटो फिचर



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड-१९ कोरोना भाइरस विरुद्धको खोप दिन शुरु गरिएको छ । बुधबार बिहान १० बजेदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड-१९ कोरोना भाइरस विरुद्धको खोप दिन शुरु गरिएको हो ।

पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा लगायत सांसदहरुले कोभिड-१९ विरुद्धको खोप लगाउनु भएको छ । बुधबार सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्षलगायत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई खोप लगाउने कार्यक्रम रहेको छ । कोभिड-१९ विरुद्धको खोप लगाइसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले कोभिड-१९ विरुद्ध पूर्ण विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको प्रतिक्रिया दिनुभयो । 

खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएका कारण निर्धक्क भएर सबैले लगाउनु हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो -‘यसको असर प्रभाव बारे त मैले भर्खरै लगाउँदै छु । मैले सबै कुरा भन्नु त हतार होला तर मलाई खोप लगाइसकेपछि अहिले भएको अनुभुति के छ भने यो बहुत सहज छ । यो वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको भएपछि यसमा पुरै निर्धक्क भएर सबैले लगाए हुन्छ । किनभने यो विज्ञानको कुरा हो । वैज्ञानिक प्रयोगबाट सफल भएको हुनाले सम्पूर्ण नेपालीहरुले कुनैपनि रौँ बराबरको पनि हिच्किचाहट नगरीकन लाउँदा फाइदा हुन्छ ।’

सभामुख सापकोटाले सांसदहरुलाई खोप लगाउन गरिएको व्यवस्थापन राम्रो रहेको पनि बताउनुभयो । खोप अभियान सफल भई विश्वव्यापीरुपमै कोभिड-१९ माथि विजय प्राप्त गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरु, सभामुख, अध्यक्ष तथा उपाध्यक्षहरुको नीजि सचिवालयमा कार्यरत कर्मचारीहरु अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु र संसदीय मामिला पत्रकारहरुले खोप लगाउने कार्यक्रम रहेको छ ।