२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई सिरिज जित्ने मौका



अ+ अ-

काठमाडौँ । क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दैछ ।

नेपाल र क्यानडाबीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजे सुरु हुनेछ । नेपाललाई आजको खेल जितेर सिरिज जित्ने अवसर छ भने अर्कोतर्फ क्यानडालाई आजको खेल जितेर बराबरी गर्ने मौका छ ।

यसअघि बिहिबार भएको पहिलो खेलमा नेपाल सात रनले विजयी भएको थियो । सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो । साथै, आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप नेपालले क्यानडासँग खेल्न लागेको हो ।

क्यानडाले पनि मार्चदेखि संयुक्त अरब इमिरेट्स (युएई)मा आइसिसी क्रिकेट विश्वकप लिग–२ को सुरुवात गर्दैछ । त्यसका लागि क्यानडा नेपाल आएको हो ।

दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल आगामी सोमबार हुनेछ ।