काठमाडौँ । प्रहरीले पोखरास्थित श्री सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिको थप एकजना सदस्यलाई पक्राउ गरेको छ ।
सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले सुनसरी इनरुवा नगरपालिका घर भएका सहकारी सञ्चालक समितिको सदस्य ३० बर्षिय प्रमोद भट्टराई पक्राउ गरेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको समन्वयमा कास्की प्रहरीको टोलीले भट्टराईलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरेको हो ।
उनीमाथि आवश्यक अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएकोे छ ।
सुर्यदर्शन सहकारीका सञ्चालकहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय पोखरामा नौँ सय ७१ जना वचतकर्ताहरुले रकम हिनामिना गरेको भन्दै उजुरी दिएका छन् ।










