२६ श्रावण २०८३, मंगलवार
,
Latest
लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने शेखर गोल्छासँग मागियो एक करोड धरौटी युवाको सहकार्यबाट राज्यको भविष्य निर्माण गर्नुपर्छ : मुख्य सचेतक बुर्लाकोटी नेप्से परिसूचक झिनो अङ्कले बढ्यो डोल्मा फाउन्डेसनका अध्यक्षको अनुभव: नेपालमा लगानी ल्याउन र बाहिर लैजान दुवै कठिन गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल सशस्त्र प्रहरीले एक वर्षमा रु १३ करोडभन्दा बढीको अवैध सामान बरामद सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्स्र्टको शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्यदर्शन सहकारीका थप एकजना सञ्चालक पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले पोखरास्थित श्री सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिको थप एकजना सदस्यलाई पक्राउ गरेको छ ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले सुनसरी इनरुवा नगरपालिका घर भएका सहकारी सञ्चालक समितिको सदस्य ३० बर्षिय प्रमोद भट्टराई पक्राउ गरेको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको समन्वयमा कास्की प्रहरीको टोलीले भट्टराईलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरेको हो ।

उनीमाथि आवश्यक अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएकोे छ ।

सुर्यदर्शन सहकारीका सञ्चालकहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय पोखरामा नौँ सय ७१ जना वचतकर्ताहरुले रकम हिनामिना गरेको भन्दै उजुरी दिएका छन् ।