१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन सरकारलाई सुझाव



अ+ अ-

काठमाडौँ । निर्यात व्यवसायीहरुले मुलुकको व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन सरकारलाई सुझाव दिएका छन् ।

शुक्रवार नेपाल हस्तकला महासंघले सदस्य वस्तुगत संघहरु नेपाल निर्यात परिषद् र फुटवेयर म्यानुफेक्चरर्स एशोसिएशन अफ नेपालका नवनिर्वाचित पदाधिकारीहरु तथा कार्य समिति सदस्यहरुकोे सम्मानमा आयोजना गरेको कार्यक्रममा निर्यात व्यवसायीहरुले यस्तो सुझाव दिएका हुन् ।

कार्यक्रममा नेपाल निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले सरकारले व्यापार घाटा घटाउनुपर्छ भन्दै आएपनि निर्यात बढाउन गर्नुपर्ने कार्यक्रमहरु भित्रि मनबाट नगरेको आरोप लगाउनु भयो । अब व्यापार घाटा घटाउनका लागि ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन जरुरी रहेको बताउनु भयो । उहाँले निर्यात गर्ने उद्योगीहरुका लागि छुट्टै संस्था वा विभाग नभएका कारण समस्या भइरहेको पनि बताउनु भयो ।

कार्यक्रममा हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले ४२ विधामा १२ अर्ब बराबरको हस्तकलाका सामान ६० देशमा निर्यात भइरहे पनि सरकारले निर्यातलाई थप सहज बनाउन नसकेको बताउनु भयो । निर्यात व्यवसायलाई थप सहज बनाउन आफूहरुले तीनै तहका सरकारमार्फत हस्तकला क्षेत्रका लागि नीति निर्माणको पहल गरिरहेका पनि बताउनु भयो ।

मुलुकभर करिव १० देखि ११ लाख हस्तकला क्षेत्रमा व्यवसायी गर्दै आएका छन् । कार्यक्रममा फुटवेयर म्यानुफेक्चरर्स एशोसिएशन अफ नेपालका नव निर्वाचित अध्यक्ष रुद्रप्रसाद न्यौपानेले फुटवेयर लगायत छाला तथा छालाजन्य वस्तुहरुमा गर्नसक्ने काम फरक ढङ्गबाट शुरु गर्ने बताउनु भयो ।