२१ मंसिर २०८२, आईतवार
,
Latest
नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोगको चासो



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेकोे बताउनुभएको छ । अदालतले २०७४ चैत ७ गते उक्त आदेश दिएको थियो ।

संसदमा रहेका राजनीतिक दलसँग आज आयोगमा भएको परामर्श बैठकमा प्रमुख आयुक्त थपलियाले उक्त सवालसमेतलाई सम्बोधन गरी निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा गत असार १८ गते नेपाल सरकार, गृह मन्त्रालयमा पेस गरिएकोमा हालसम्म सदनमा प्रस्तुत नभएको बताउनुभयो ।

उहाँले विभिन्न तहमा रिक्त पदमा हुने उपनिर्वाचनमा मताधिकार वृद्धि गर्न नामावलीमा दर्ता हुनुपर्नेमा जोड दिनुभयो । रासस