१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुससहित पक्राउ परेका बनेपाका वडाध्यक्षविरूद्ध भ्रष्टाचारको मुद्दा दायर



अ+ अ-

काठमाडौँ । बनेपा नगरपालिका– ९ का वडाध्यक्ष नृपेश बादेविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

१५ लाख घुससहित पक्राउ परेका वडाध्यक्ष बादेविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

१५ लाख घुस लिएको पुष्टि गर्दै अख्‍तियारले शुक्रबार उनीविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । अख्तियारले उनलाई दुईदेखि चार वर्षसम्म कैद सजाय र जरिवाना समेत माग गरेको छ ।

वडाध्यक्ष बादे माघ ३ गते घरबाटो सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिदै गर्दा पक्राउ परेका थिए ।