२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुससहित पक्राउ परेका बनेपाका वडाध्यक्षविरूद्ध भ्रष्टाचारको मुद्दा दायर



अ+ अ-

काठमाडौँ । बनेपा नगरपालिका– ९ का वडाध्यक्ष नृपेश बादेविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

१५ लाख घुससहित पक्राउ परेका वडाध्यक्ष बादेविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

१५ लाख घुस लिएको पुष्टि गर्दै अख्‍तियारले शुक्रबार उनीविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । अख्तियारले उनलाई दुईदेखि चार वर्षसम्म कैद सजाय र जरिवाना समेत माग गरेको छ ।

वडाध्यक्ष बादे माघ ३ गते घरबाटो सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिदै गर्दा पक्राउ परेका थिए ।