२६ मंसिर २०८२, शुक्रबार
,
Latest
एमालेको सचिवालय बैठक बस्दै, पदाधिकारीको संख्या फेरि बढाउने यसरी तयार हुदैछ एमालेको ११ औँ महाधिवेशन स्थल पैसठ्ठी वर्षका ऐरको ठेला व्यवसाय, स्वाभिमान र मेहेनतको जिउँदो कथा निर्वाचन आउन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउनुभएको छ । आठौँ नुवाकोट महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने स्पष्ट पार्नुभयो ।

राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले परम्परागत बजेट प्रणालीलाई रुपान्तरण गरिने बताउनुभयो । सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने तथा सुझाव लिने काम भइरहेको उहाँको भनाइ थियो । बजेट निर्माण प्रक्रिया अगाडि बढेको जानकारी दिँदै उहाँले आगामी आवको बजेटले मुलुकको रुपान्तरण गर्ने विश्वास दिलाउनुभयो ।

मुलुकको अर्थतन्त्र विस्तारै लयमा आउन थालेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमनमा वृद्धि भएको छ, यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्वमा पनि वृद्धि भएको छ ।”

प्रधानमन्त्री दाहालले धार्मिक, ऐतिहासिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकासमा सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले नुवाकोट दरबारको पु:ननिर्माणमा सरकारले ध्यान दिने बताउनुभयो ।