७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा



अ+ अ-

काठमाडौँ । अध्यागमन विभागबाट हुने सबै सेवाहरु शुक्रवारदेखि ई.भिसा तथा अनलाइन भुक्तानीको प्रारम्भ भएको छ ।

शुक्रवार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई.भिसा तथा नयाँ भिसा लिन र भिसाको म्याद थप गर्ने ई.भिसा तथा अनलाइन भुक्तानी सेवाको शुभारम्भ गर्नुभएको हो ।

अध्यागमन विभागले शुक्रवारदेखि अध्यागमन प्रशासनलाई पूर्ण रुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको छ । अध्यागमन विभाग र अन्तर्गत कार्यालयहरुमा पूर्ण रुपमा डिजिट र स्वचालित रुपमा सञ्चालनले कार्यालयमा सेवा लिने र दिने दुवैले घरमा बसेर नै सेवा लिनसक्ने भएका छन् । विभागले माघ महिनाबाट नै हस्तलिखित हस्ताक्षरलाई डिजिटल हस्ताक्षरको प्रयोग गर्नेगरी तयारी गरिरहेको जानकारी दिएको छ । विभागले शुरु गरेको अनलाइन भुक्तानी सेवाको पहिलो सेवाग्राही ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरी बास्तोला हुनुभएको छ भने ई.भिसा एक विदेशी नागरिकलाई दिएर शुरुवात भएको छ ।’

‘उक्त सेवा शुभारम्भ भएसँगै नयाँ भिसा प्राप्त गर्न,भिसाको म्याद थप गर्न,पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राहीहरु भौतिक रुपमा अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने,आवेदन दिन र भुक्तानी गर्न लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अब नाता र विवाहको आधारमा गैरपर्यटक भिसा लिने बाहेक अन्य सेवाग्राही विभाग आउनुपर्ने छैन । सबै प्रक्रिया अनलाइनमार्फत हुने र अन्तिममा भिसा स्टिकर टाँस गर्न मात्रै विभाग वा नेपालको जुनसुकै अध्यागमन कार्यालयबाट भिसा स्टिकर टाँस गर्न सकिने भएको छ । शुभारम्भ कार्यक्रममा बोल्दै गृहसचिव दिनेश भट्टराईले अध्यागमन लगायत अन्य गृहमन्त्रालय अन्तर्गत रहेका सेवाहरुलाई स्वचालित र अनलाइन सेवा दिने मिसनमा रहेको बताउनु भयो ।’

‘उहाँले गृह मन्त्रालयले मात्रै लागेर भन्दा पनि अन्य निकायहरुको पनि समन्वय आवश्यक रहेको बताउनु भयो । उहाँले तत्कालको लागि जुन ठाउँमा जनतालाई दिने सेवालाई पारदर्शी,मितव्ययी, सरल,सहज र छिटो छरितो बनाउने काम भइरहेको दाबी गर्नुभयो । उहाँले अब अध्यायगमनमा जुनसुकै देशबाट ई.भिसाको लागि आवदेन दिन र भुक्तानी गर्नसक्ने लक्ष्यमा अघि बढेको बताउनु भयो । उहाँले तत्कालको लागि अनलाईन भुक्तानी नेपालभित्रबाट मात्रै गर्न सकिने अनुमति भएको भन्दै आगामी दिनमा अनलाइन भुक्तानीलाई अन्तर्राष्ट्रिय रुपमा भुक्तानी गर्नसक्ने बनाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले भिजिट भिषाका विगतका प्रावधानहरुलाई सहज र सरलिकृत गरिएको बताउनु भयो ।

अध्यागमन विभागबाट लिने सेवा शुल्क,भिसा शुल्क तथा जरिवानाहरु सबै नेपाली बैंकहरुका मोबाइल बैंकिङ एपको क्युआर तथा वालेट सेवा प्रदायक कनेक्ट आइपीएस,इसेवा र खल्तीको खाताबाट अनलाइनमार्फत भुक्तानी गर्नसक्ने व्यवस्था पनि लागू भएको छ ।