१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सगरमाथा विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढ्छ: मन्त्री किराँती

सगरमाथा विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढ्छ: मन्त्री किराँती
अ अ+ अ-

उदयपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रियुगा नगरपालिका–१ जोगिदहमा प्रस्तावित सगरमाथा विमानस्थलको निर्माण तत्काल अघि बढाइने बताउनुभएको छ ।

आज बिहान सो क्षेत्रको निरीक्षणपछि उहाँले उक्त विमानस्थल निर्माणका लागि पटक–पटक आवाज उठिसकेकाले मन्त्रालयले अब प्रक्रिया छिट्टै अघि बढाउने बताउनुभयो । “विमानस्थल निर्माणका लागि रु पाँच करोड बजेट बिनियोजन भइसकेको छ भने मन्त्रालयले काम अघि बढाइसकेको छ”, उहाँले भन्नुभयो ।

कोशी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि उदयपुरको जोगिदलमा निर्माण हुने विमानस्थल महत्वपूर्ण भएको उहाँको भनाइ छ । भारतदेखि भुटानसम्मका पर्यटकलाई सगरमाथा क्षेत्रको भ्रमण गर्न र खोटाङको हलेसी महादेवसम्मको पर्यटन प्रवर्द्धन र विकासका लागि विमानस्थलको महत्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो ।

त्यस अवसरमा सगरमथा हवाई मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र बस्नेतले तत्काल विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । “उदयपुरबासी तथा सगरमाथा क्षेत्रको जनताको ६० वर्षदेखिको वर्तमान सरकारले पूरा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

विमानस्थल सञ्चालनमा आउँदा सुनकोशीको दोलालघाटदेखि सप्तकोशीको चतरासम्मका र्‍याफ्टिङ र चतराबाट उदयपुरको सगरमाथा हवाई मैदान भएर हिमाली क्षेत्र भ्रमण गर्न, हलेसी क्षेत्र पुग्नका लागि सहज हुने उहाँको भनाइ थियो ।

हवाई मैदान निर्माण समितिका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का नेता राजकुमार राईले विमानस्थल सञ्चालनमा आए सप्तरी, सिरहा, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुरका साथै भातरीय र भुटानबाट पर्यटक ल्याउन सकिने बताउनुभयो ।

विमानस्थल निर्माणका लागि रु दुई करोडभन्दा बढी खर्च भइसकेको र वन तथा वातावरण मन्त्रालयले जग्गा भोगाधिकार दिइसकेको भन्दै उपभोक्ता समितिका सदस्य रुद्र अधिकारीले विमानस्थल निर्माणका लागि स्वीकृति प्राप्त भइसकेको बताउनुभयो ।

उहाँका अनुसार विमानस्थल निर्माणका लागि एक सय ५६ दशमलव ११ हेक्टर जग्गा व्यवस्थापन भइसकेको छ । यहाँ कूल एक हजार चार सय मिटर लम्बाई र ४० मिटर चौडाईको विमानस्थल निर्माण हुनेछ । रासस