१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश सरकार: चार मन्त्री र एक राज्यमन्त्रीको आज शपथ



फाईल फोटो
अ+ अ-

विराटनगर । कोशी प्रदेश सरकारमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । सरकारमा आज नवनियुक्त पाँच मन्त्रीहरूलाई शपथ खुवाउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ ।

प्रदेश प्रमुखको कार्यालय स्रोतका अनुसार आज ४ बजे नवनियुक्त चार जना मन्त्री र एक जना राज्यमन्त्रीलाई शपथ खुवाउने तयारी भएको छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार माओवादीबाट २ जना र काङ्ग्रेस बाट १ जना राज्यमन्त्री सहित ३ जना मन्त्रीको सपथ हुनेछ । माओवादीबाट नारायण बुर्जा र राजेन्द्र कार्की मन्त्रीमा र कांग्रसबाट राम खत्री र प्रदीप सुनुवार मन्त्री तथा इन्दिरा थापा राज्यमन्त्रीमा नियुक्त हुने बताईएको छ ।