२६ श्रावण २०८३, मंगलवार
,
Latest
लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने शेखर गोल्छासँग मागियो एक करोड धरौटी युवाको सहकार्यबाट राज्यको भविष्य निर्माण गर्नुपर्छ : मुख्य सचेतक बुर्लाकोटी नेप्से परिसूचक झिनो अङ्कले बढ्यो डोल्मा फाउन्डेसनका अध्यक्षको अनुभव: नेपालमा लगानी ल्याउन र बाहिर लैजान दुवै कठिन गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल सशस्त्र प्रहरीले एक वर्षमा रु १३ करोडभन्दा बढीको अवैध सामान बरामद सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्स्र्टको शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दयाहाङको ‘दयारानी’ र ‘हात्तीछाप’ एकआपसमा भिड्दै



अ+ अ-

काठमाडौं । शुक्रबार नेपाली फिल्म हलमा अभिनेता दयाहाङ राई स्टारर दुई चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । आज दयाहाङको ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज भएका छन् ।

२०८० मा दयाहाङको आफ्नै फिल्म जुधेको यो दोस्रो पटक हो । वैशाख १ गते उनका दुई फिल्म ‘बिहे पास’ र ‘जारी’ एकसाथ
प्रदर्शन भएको थियो ।

‘दयारानी’मा दम्पतीबीच सन्तानको चाहना र यसले सम्बन्धमा ल्याउने उतारचढावको कथा छ । गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित यो फिल्मलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । दिया पुन, दयाहाङ राई, विजय बराल, प्रमिस गुरुङ, श्रीषा कुँवर लगायतको अभिनय छ । सातभन्दा बढी गुरुङ फिल्म निर्देशन गरेका माओत्सेले यो फिल्मबाट नेपाली भाषाको फिल्ममा डेब्यु गरेका हुन् ।

सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्म ‘हात्तीछाप’ मा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल रहेका छन् । यस्तै, फिल्ममा बुद्धि तामाङ, विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल, रिजोन परियार, अनिषा अधिकारीलगायत कलाकारको अभिनय छ । रेड बर्ड प्रोडक्शनको निर्माणमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली र प्रोडक्सन हेड सुरज आचार्य हुन् ।

दयाहाङका दुई फिल्मसँगै बलिउड फिल्म ‘तेरी बातो में ऐसा उलझा जिया’ प्रदर्शनमा आएको छ । अमित जोशी र आराधना शाहले निर्देशन गरेको फिल्ममा शाहिद कपूर, कृति सेनन, धर्मेन्द्र, डिम्पल कपाडियालगायत कलाकारको अभिनय छ ।