• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक सय रूपैयाँले बढेको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार उक्त सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १३ सय ९० रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।