१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा साइबर अपराधमा २४ प्रतिशतले वृद्धि



representative photo
अ+ अ-

एजेन्सी । भारतले २०२१ को तुलनामा २०२२ मा साइबर अपराधमा २४ प्रतिशतभन्दा बढी वृद्धि भएको बताएको छ ।

२०२० को तुलनामा ३१ प्रतिशतले बढेको तथ्यांकले देखाएको हो । सन् २०२२ मा, दक्षिणी राज्य तेलंगानाबाट सबैभन्दा बढी १५ हजार २९७ साइबर अपराधहरू भएको छन् । दक्षिणी राज्य कर्नाटकमा १२ हजार ५५६ र उत्तर प्रदेशमा १० हजार ११७ अपराधहरू भएको तथ्यांक छ ।

गृह राज्यमन्त्री अजयकुमार मिश्रले संसदमा संघीय सरकारले मुलुकमा हुने सबै प्रकारका साइबर अपराधलाई समन्वित र वृहत रूपमा व्यवस्थापन गर्न विभिन्न पहल गरेको बताउनु भयो ।

उहाँले साइबर अपराध नियन्त्रणका लागि संघीय सरकारले हालसम्म ३ लाख २० हजारभन्दा बढी सिमकार्ड र ४९ हजार इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) ब्लक गरेको बताउनु भयो । संघीय सरकारले पनि साइबर अपराधबारे सचेतना फैलाउन पहल गरेको मन्त्रीले बताउनु भयो ।