२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कोभिडपछि चिनियाँहरु वसन्त यात्रामा निस्कदै

कोभिडपछि चिनियाँहरु वसन्त यात्रामा निस्कदै
अ अ+ अ-

यतिखेर चिनियाँ बजारमा जतासुकै ड्र्यागनका आकृतिहरु देखिन्छन्। खेलौना ड्र्यागन, कार्टुन चित्र ड्र्यागन, स्टिकर ड्र्यागन, मुकुण्डो ड्र्यागन, पञ्जा ड्र्यागन, टोपी ड्र्यागन। त्यतिमात्र होइन केक लगायतका खाद्यसामग्रीमा पनि ड्रागनकै चित्र अनि विभिन्न पेय पदार्थका आवरणमा ड्र्यागन।

चिनियाँहरुले फेब्रुअरी ९ तारिख अर्थात् माघ २६ गते मध्यराति खरायो वर्षलाई बिदा गरेर ड्र्यागन वर्ष भित्र्याउँदैछन्।परम्परागत चिनियाँ पात्रोमा १२ वर्षको एक चक्र हुने गर्छ। १२ वर्ष विभिन्न जनावरका नामबाट राखिएको छ। नेपालमा पनि शेर्पा, तामाङ, मगर, थकाली, भुटिया, गुरुङ लगायतका जातिले चिनियाँ जस्तै १२ वटा जनावरको नामबाट वर्षको गणना गर्छन्। तर नेपालीहरुले ड्र्यागन वर्षको सट्टा गरुड वर्ष भन्ने गरेका छन्।

बाह्र वर्षे चिनियाँ पात्रोमा आउने जनावरहरुमा ड्र्यागन मात्र एक चिनियाँ मिथक हो। बाँकी ११ वटा जनावरलाई भौतिक रुपमा देख्न र छुन सकिन्छ। तर ड्र्यागन काल्पनिक जनावर भए पनि नेपाली तामाङ तथा शेर्पाहरुको भाषामा यसलाई ‘डुक्पा’ भनिन्छ। यसको अर्थ नेपाली समाजमा पनि ड्र्यागनको उपस्थिति हजारौँ वर्षदेखि रहँदै आएको छ।

चिनियाँ नयाँ वर्ष मनाउने निकै अनौठा प्रचलन छन्। जस्तो ड्र्यागन वर्षमा जन्मिएका चिनियाँले आगामी शनिबारदेखि भित्री पोशाक रातो रङकै लगाउनु पर्छ। त्यही भएर त यतिबेला महिलाले लगाउने थुनचोली र कट्टुले चिनियाँ बजार राताम्मे भएका छन्। पुरुषले लगाउने गन्जी र कट्टुसँगै मोजाहरु पनि रातै देखिन्छन्। यही पर्वका अवसरमा चिनियाँहरुले रातो खाममा पैसा हालेर आफूभन्दा साना आफन्तलाई दक्षिणा दिने चलन छ। यस्तो दक्षिणालाई ‘होङपाओ’ भनिन्छ। हिजोआजको डिजिटल जमानामा मोबाइलबाट होङपाओ पठाउँछन् चिनियाँहरु।

चिनियाँ वसन्त चाडका अवसरमा ठाउँ ठाउँमा मेला, महोत्सव, जात्रा र झाँकीहरु प्रदर्शन गरिन्छ। यस्तो बेला ड्र्यागन नृत्य, सिङ्ह नृत्य, लौरीखुट्टी नृत्य तथा झिलीमिली बत्ती बालेर नेपालीहरुको तिहार जस्तै घरआँगन, टोल, गल्ली, बजार, कार्यालय सबै सिँगारिएको हुन्छ।

चिनियाँ वसन्त चाडका बारेमा थुप्रै किस्साहरु र आश्चर्यजनक तथ्यहरु रहेका छन्। यस आलेखमा चाहिँ चिनियाँहरुले वसन्त चाडमा गर्ने यात्राका बारेमा केही चर्चा गर्नु उचित होला। किनभने चिनियाँ वसन्त चाडको यात्रा अवधिमा मात्र ९ अर्ब चिनियाँहरुले आवतजावत गर्छन् भन्दा धेरैले नपत्याउन सक्छन्। तर सत्य यही हो कि यो वसन्त चाडमा ९ अर्बभन्दा बढी चिनियाँहरु यात्रामा निस्कदै छन्।

चिनियाँ वसन्त चाडको अवधिमा हुने यात्रा विश्वकै सबभन्दा ठूलो मानव आवतजावत हो। यस वर्ष चिनियाँ वसन्त चाडको यात्रा अवधि गत जनवरी २६ तारिखदेखि आगामी मार्च ५ तारिखसम्म ४० दिन चल्नेछ। यसलाई चिनियाँ भाषामा ‘छुनयुन’ भनिन्छ। छुनयुनको अर्थ वसन्त यात्रा हुन्छ।

चीनको यातायात र ढुवानी मन्त्रालयको अनुमान अनुसार, चालु वर्षको छुनयुन अवधिमा चीनभित्र यात्रा गर्ने पर्यटकको सङ्ख्या ९ अर्ब पुग्नेछ। चीनमा जम्मा १ अर्ब ४० करोड जनसङ्ख्या रहेको छ। यस हिसाबले यो छुनयुन अवधिमा हरेक चिनियाँले सरदर ६ पटकभन्दा बढी यात्रा गर्नेछन्। यो सन् २०२३ को भन्दा दुई गुणा बढी हो। वसन्त चाडको प्रमुख दिनहरु फेब्रुअरी ९ देखि १५ सम्मको अवधिमा रेलको टिकट बिक्री मात्रा प्रति सेकेन्ड १५०० पुग्ने जनाइएको छ।

छुनयुन अवधिमा चिनियाँले गर्ने यात्राको एउटा उदाहरण यस्तो छ। यो अवधिमा चीनका सबै रेलहरूले ४८ करोड यात्रु बोक्ने छन्। प्रतिदिन औसत १ करोड २० लाख यात्रु रेलबाट आवात जावत गर्नेछन्। यो अनुमानित सङ्ख्या सन् २०२३ को तुलनामा ३७.९ प्रतिशतले बढी हो। छुनयुनको पहिलो दिन अर्थात् जनवरी २६ तारिख एकै दिनमा चीनको राष्ट्रिय रेलमार्गले १ करोड ६ लाख यात्रुलाई यात्रा सुविधा दिएको थियो।

गत फेब्रुअरी २ तारिख अर्थात् माघ १९ गते ‘छुन युन’को आठौं दिन थियो। उक्त दिन चीनका विभिन्न क्षेत्रहरूका रेलवे स्टेशन, विमानस्थल र यातायात केन्द्रहरूमा यात्रुहरूको प्रवाह बढेको तथ्याङ्क सार्वजनिक गर्दै पहिलो हप्तामै १ अर्ब ३५ करोड चिनियाँहरु यात्रामा सहभागी भएको जनाइएको थियो। वसन्त चाडको बिदा चाहिँ फेब्रुअरी १० तारिख शनिबार अर्थात् माघ २७ गतेदेखि मात्र सुरु हुन्छ र सार्वजनिक विदा एक साता मात्र रहन्छ।

रोयटर्स सञ्चारका अनुसार वसन्त चाड यात्रामा देखिएको भिडले चीनमा तिव्र गतिले बृद्धि भएको यात्रु प्रवाह देखाउनुका साथै चीनको आर्थिक पुनःरूत्थान भएको देखिने विश्वास र जैविक शक्ति पनि रहेको प्रष्ट्याएको छ। यस अवधिमा चीनको खुद्रा बिक्री मात्रा ५०० खर्ब चिनियाँ युआन पुग्ने छ भने चीनको आर्थिक विकासलाई ठूलो शक्ति पनि प्रदान गर्नेछ।

कोभिड महामारीपछिको खुल्ला वसन्त चाड भएकाले पनि चीनमा यात्रीहरुको बाडी देखिएको हो। सन् २०२१ को वसन्त चाडको पूर्वसन्ध्यामा चीनमा कोभिड महामारी देखिएपछि सामाजिक सञ्जालमा चिनियाँहरुले लेखेका थिए ‘योपटक घरमै बसौँ अर्को वर्ष चाड मनाऔँला।’ तर अर्को वर्ष सन् २०२२ अनि अर्को वर्ष २०२३ मा पनि उही हविगत दोहोरियो। तीनवटा वसन्त चाडमा घरमै थुनिएका चिनियाँहरुले यसपटक दिल खोलेर यात्रा गर्ने कुराका पूर्वसङ्केतहरु देखिन थालेका छन्।

मनलाग्दी गरिने यात्रा र परिवार भेला भएर महङ्गो भोज गरिने भएकाले चिनियाँका लागि वसन्त चाड निकै महङ्गो हुने गर्छ। भनिन्छ चिनियाँहरुको वर्षभरिको खर्चमध्ये एक तिहाई खर्च यही वसन्त चाडमा हुने गर्छ।

वसन्त चाडको अवसरमा चिनियाँले चीनभित्र मात्र होइन विदेश यात्रालाई पनि उत्तिकै प्राथमिकतामा राख्ने गरेका छन्। यस अवसरमा चिनियाँहरुको मुख्य छनौट सिङ्गापुर र थाइल्याण्डसँगै दक्षिण कोरिया र जापान हुने गरेका छन्।

वसन्त चाडमा विदेश यात्रा गर्ने चिनियाँले नेपाललाई खासै गन्तव्य बनाएको देखिँदैन। नेपालमा चिनियाँ पर्यटकका लागि अतिआवश्यक पूर्वाधारहरु यथेष्ट नहुनु र चिनियाँ पर्यटकलाई थप सुविधा नदिनुले पनि यसो भएको हो। सिङ्गापुर र थाइल्याण्डले वसन्त चाडको अवसरमा घुम्न जाने चिनियाँका लागि विभिन्न सुविधाहरुको घोषणा गरेका हुन्छन्।

चिनियाँ वसन्त चाडलाई गैरभौतिक साँस्कृतिक सम्पदाका रुपमा चित्रण गर्न थालिएको छ। यही वर्षदेखि सयुक्त राष्ट्रसङ्घले चिनियाँ वसन्त चाडलाई आफ्नो क्यालेण्डमा राखेर अन्तर्राष्ट्रिय मान्यतामा थप उचाइ प्रदान गरेको छ।

फेब्रुअरी ६ तारिख अर्थात् माघ २३ गते बुधबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्रमन्त्रालयका प्रवक्ता वाङ वनपिनले विश्वमा झनै बढी मानिसले वसन्त चाड मनाएका र वसन्त चाड मनाउनु एक प्रकारको फेसन बनेको भन्दै वसन्त चाडमा आफन्तहरू भेला हुने प्रचलन ‘चीन चरित्र’ रहेको बताए।

प्रवक्ता वाङले यस वर्ष चिनियाँ नयाँ वर्षलाई संयुक्त राष्ट्र संघीय महासभाबाट संयुक्त राष्ट्र संघ दिवसका रूपमा पहिलोपटक राखेको बताउँदै हालै संयुक्त राष्ट्र संघीय खाद्यान्न तथा कृषि संगठन, संयुक्त राष्ट्र संघको मुख्यालय लगायतले पहिलो पटक परम्परागत चिनियाँ पात्रोको नयाँ वर्षलाई औपचारिक रूपमा प्रवेश गराएको जानकारी दिए।

अहिले विश्वका लगभग २० वटा मुलुकमा वसन्त चाडका अवसरमा सार्वजनिक विदा दिइन्छ भने विश्वका लगभग २० प्रतिशत मानिसले विभिन्न तरिकामार्फत वसन्त चाड मनाउने गरेको पनि उनले बताए। विश्वका विभिन्न मुलुकले ‘चीन लालटिन’ सझाएर रमाइलो वातावरणका साथ विविध चिनियाँ संस्कृति मनाउने गरिएको छ। नेपालमा पनि यही वर्षदेखि चिनियाँ लालटिन र चिनियाँ ओपेराहरु प्रस्तुत गरेर चिनियाँ नयाँ वर्ष मनाउन थालिएको छ।

चिनियाँ वसन्त चाड नजिकिँदै गर्दा विश्वका विभिन्न क्षेत्रमा वसन्त चाडसम्बन्धी सामाग्रीहरुको बजार पनि तातेको छ। चीनको अलिबाबा समूहमातहत क्रस-बोर्डर ई-वाणिज्य प्लेटफर्मको तथ्याङ्क अनुसार, चिनियाँ भाग्यशाली रातो गाँठोलगायत वसन्त चाडसम्बन्धी वस्तु र चीनमा निर्मित अरू सामग्रीहरू विश्वका १०० भन्दा बढी मुलुकमा लोकप्रिय भएका छन्।

उपभोक्ताका लागि ‘मे डिन चाइना’को गुण राम्रो मानिन्छ। पहिले पहिले नेपालमा चिनियाँ सामानलाई ‘मेड इन चाइना अहिले छ भोलि छैन’ भनेर होच्याउने गरिन्थ्यो। हिजोआज चीनले उच्चगुणस्तरीय र महङ्गा सामानहरु पनि बनाउन थालेको छ र अन्तर्राष्ट्रिय बजारबाट विश्वास जितेको छ। त्यसमाथि ई-वाणिज्य प्लेटफर्ममा अलिबाबालाई सबैभन्दा सुविधाजनक र विश्वासिलो मानिन्छ।

चिनियाँ सामग्रीको विशेष साँस्कृतिक मान्यताले गर्दा पनि अन्तर्राष्ट्रिय क्षेत्रमा यस्ता सामग्रीको महत्व बढेको हो। अमूर्त सांस्कृतिक सम्पदा हस्तशिल्प, चिनियाँ पोशाक, चिया जस्ता चिनियाँ उत्पादनहरु विदेशमा लोकप्रिय छन्। चिनियाँ रक्सी जी २० शिखर सम्मेलन, दाभोसलगायत अन्तर्राष्ट्रिय मञ्चमा प्रदान गरिन्छ। पाँच हजार वर्षको इतिहास बोकेको चिनियाँ सभ्यताले ‘मे डिन चाइना’ सामग्रीलाई दृढ साँस्कृतिक आधार प्रदान गरेको छ र सद्भाव तर फरक, साझा सौन्दर्य अवधारणा देखाएको छ।