३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा राष्ट्रिय हाइकु महोत्सव, रासस अध्यक्ष झा सम्मानित



अ+ अ-

काठमाडौँ । नेपाल हाइकु सङ्घले आज यहाँ राष्ट्रिय हाइकु महोत्सव–२०८० आयोजना गरेको छ । ‘नेपाली हाइकु: नेपाली सुगन्ध’ नाराका साथ नेपाली हाइकु कविता विधाको महत्व र विस्तारको उद्देश्यसाथ उक्त महोत्सवको आयोजन गरेको सङ्घले जनाएको छ ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित महोत्सवका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालमा राम्रो हाइकु कविताहरु लेखिएको बताउनुभयो । उहाँले महोत्सवका लागि आयोजकलाई बधाई दिँदै उक्त विधा निकै पहिलेदेखि लेखिँदै आएको बताउनुभयो ।

जापानी कविता विधा हाइकुको लेखन ५–७–५ हरफको महत्वबारे हरिप्रसाद सिल्वालले प्रकाश पार्नुभएको थियो । उहाँले हाइकुको संरचना पक्ष एउटा र शैली–शिल्प तथा अन्तरवस्तु अर्को पक्ष रहेको बताउनुभयो । उहाँले हाइकुमा विम्ब र प्रतीकको सही प्रयोग हुनुपर्ने बताउँदै १७ अक्षरको हाइकुमा पनि कम्तीमा दुई वटा विम्ब र प्रतीकको प्रयोग हुनुपर्ने बताउनुभयो ।

सङ्घले सृजनामा उच्च योगदान पु¥याउनुभएका हाइकु कविहरुलाई सम्मानितसमेत गरेको छ । हाइकु कविहरु अञ्जना पौडेल, अजिता डङ्गोल, पारो तिमिल्सिना, दिव्य गिरी र शानु शर्मा लगायतले हाइकु वाचन गर्नुभयो ।

सङ्घका अध्यक्ष चेतनाथ धमलाले कार्यक्रममा हाइकुको विकास र नेपालमा हाइकुलेखनमाथि विचार राख्नुभएको थियो ।

अध्यक्ष झा सम्मानित

सो कार्यक्रममा हाइकु सृजनामा उच्च योगदान पुर्याउनुभएका कवि एवं राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई उत्कृष्ट हाइकु कविको सम्मानले सम्मानित गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उहाँलाई सम्मान प्रदान गर्नुभयो ।

अध्यक्ष झाले मैथिली भाषामा ‘धुँआइत आकृतिसभ’ हाइकु सङ्ग्रह प्रकाशित गर्नुभएको छ । यसका साथै उहाँका मैथिली भाषामा तांका सङ्ग्रह, दीर्घ कविता, कविता सङ्ग्रहका साथै अन्य विधाका कृतिहरु पनि प्रकाशित छन् ।

त्यस अवसरमा कार्यकारी अध्यक्ष झासहित हाइकु कवि मोहन दुवाल, मधुसुदन गिरी, भीम उदास, धीरेन्द्र प्रेमर्षि, सुरेन्द्र महर्जनलगायतलाई सम्मानित गरियो ।

सम्मानित कविलाई खादा र सम्मानपत्र प्रदान गरिएको थियो । रासस