१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

कांग्रेस कुनैपनि कम्युनिष्ट घटकको नेतृत्वको सरकारमा जान हुँदैन :डा. प्रकाश शरण महत

कांग्रेस कुनैपनि कम्युनिष्ट घटकको नेतृत्वको सरकारमा जान हुँदैन :डा. प्रकाश शरण महत
अ अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतले कुनैपनि कम्युनिष्ट घटकको नेतृत्वको सरकारमा जान नहुने बताउनुभएको छ ।  

नेपाली कांग्रेस ओखलढुंगाले स्वर्गीय नेता मित्रसेन दाहालको १३ औँ पुण्यतिथिमा काठमाडौंमा बुधबार गरेको श्रद्धाञ्जली सभामा सह–महामन्त्री महतले कम्युनिष्ट घटकको नेतृत्वमा कांग्रेस सरकारमा जान नहुने बताउनुभएको हो । तर सरकारको नेतृत्वको जिम्मेवारी लिनुपर्ने अवस्था आए कांग्रेसले लिनुपर्ने तर्क उहाँले गर्नुभयो  । उहाँले कांग्रेसको नेतृत्व सहज स्वीकार गर्नेसंग मिलेर सरकार बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले नेपाली कांग्रेस पार्टी चाहिँ पर्ख र हेरको नीतिमा छ । यद्यपी धेरै समयसम्म पर्ख र हेर गरिरहन सक्दैनौँ । २३ गते संसदको बैठक छ । बैठकको पहिलै दिन सबै टुंगिने पनि होईन । बैठकको प्रारम्भ हो । त्यसपछि कम्युनिष्ट पार्टी कसरी, दुईवटा घटक कसरी प्रस्तुत हुन्छ, त्यसलाई हेरेर नेपाली कांग्रेसले आफ्नो रणनीति बनाउनुपर्छ । अहिले नै हौसियर फलानोसँग समिकरण गर्ने भन्यौ भने त्यो अपरिपक्व हुन्छ । त्यो गुट ओली जुट्छ कि ? त्यो पनि प्रयास भएका छन् । देशी विदेशी सबै प्रयासहरु संलग्न छन् । अहिले पार्टीले लिएको पर्ख र हेर को नीति उपयुक्त नीति छ । अब जुन बेला त्यहाँ देखिन्छ ।

नेपाली कांग्रेस सरकार निर्माणमा नेपाली कांग्रेसको भुमिकाको आवश्यकता प¥यो, त्यस्तो परिस्थिति आयो भने त्यसबेला नेपाली कांग्रेसले निर्णय गर्नुपर्छ । निर्णय गर्न नेपाली कांग्रेस सक्षम छ । नेपाली कांग्रेसको भुमिकाको आवश्यकता देखियो भने हामिले कुनैपनि कम्युनिष्ट एउटा घटकको नेतृत्वमा चाहिँ नेपाली कांग्रेस जाँदैन भन्ने मलाई लाग्छ । जानु हुँदैन भन्ने मेरो व्यक्तिगत मान्यता छ । तर नेपाली कांग्रेसले नै जिम्मेवारी नेतृत्वको जिम्मेवारी लिनुपर्ने आवश्यकता प¥यो भने त्यो हामिले लिनुपर्छ । फलानो सँग चाहिँ गर्नुपर्छ फलानो सँग चाहिँ हुँदैन भन्ने बहस छ ।

नेपाली कांग्रेसको नेतृत्व जसले स्वीकार गर्छ त्यसमा हामिले यो पक्ष ऊ पक्ष भनिरहनुपर्ने आवश्यकता छैन । नेपाली कांग्रेसको नेतृत्व स्वीकार र सहज शर्तमा ।’ नेपाली कांग्रेस कम्युनिष्ट कुन पक्ष तिर लाग्ने भन्दा पनि कम्युनिष्टहरुलाई आफ्नो राजनीतिमा ल्याउनुपर्ने उहाँको भनाई छ । आफ्नो पक्षमा राजनीति ल्याउन दिर्घकालिन सोच राख्नुपर्ने उहाँले बताउनुभयो ।