• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

टिस्यु पेपरबाट सुरु भएको थियो ईशा–भरतको प्रेमकथा, अहिले अलग भयो यो जोडी



एजेन्सी । बलिउड अभिनेत्री ईशा देवल र भरत तख्तानीले संयुक्त वक्तव्य जारी गर्दै सम्बन्धविच्छेदको पुष्टि गरेका छन् । दम्पतीले आपसी सहमतिमा सम्बन्धविच्छेद गर्ने निर्णय गरेका छन् ।

तर के तपाईलाई थाहा छ ईशा र भरतको प्रेम कहानी उनीहरुको स्कुल पढ्दा देखि सुरु भएको थियो । दुबै स्कुल पढ्दादेखि नै एकअर्कालाई डेट गरिरहेका थिए । ईशा र भरतको प्रेमकथा टिस्यु पेपरबाट सुरु भएको थियो ।

आफ्नो पुरानो अन्तर्वार्तामा ईशा देओलले आफ्नो प्रेमकथा सुनाएकी थिइन् । किशोरावस्थादेखि नै प्रेम बसेको उनले बताइन् ।

इशाले आफू जमनाबाई नर्सी स्कुलमा र भरत त्यतिबेला बान्द्रा केलरनर एकेडेमीमा पढ्दै आएको बताइन् । बान्द्रामा यो एक मात्र विद्यालय हो जहाँ राम्रा केटाहरू पढ्थे । इशाले अन्तरविद्यालय प्रतियोगिताका क्रममा भरतसँग भेट भएको बताइन् ।

प्रतियोगिता जमनाबाई नर्सी स्कुलमा आयोजना गरिएको थियो । यसै क्रममा दुवैको भेट भयो । ईशाले सायद उनी आफ्नो जीवनसाथी बन्न लागेको कुरा बुझेकी थिइन् ।

ईशाले टिस्यु पेपरमा आफ्नो फोन नम्बर लेखेर भरतलाई दिएको बताइन् । उनले भनिन् – त्यसबेला मेरो दाँतमा ब्रेसेस थियो । भरतले मलाई ब्रेसेस लगाएको हेर्न मन परायो । मैले उनलाई प्यारो पाएँ, त्यसैले मलाई लाग्छ कि उनले मलाई धेरै माया गर्छन् ।’

दिल्ली टाइम्सको रिपोर्ट अनुसार उनीहरुले संयुक्त वक्तव्य जारी गरेका छन् । विज्ञप्तिमा लेखिएको छ– ‘हामी दुवैले आपसी सहमतिमा छुट्टिने निर्णय गरेका हौँ । यद्यपि हामी अब सँगै छैनौं, हाम्रा दुई बच्चाहरूको भविष्य हाम्रो लागि सधैं महत्त्वपूर्ण छ र हुनेछ । हामी आशा गर्दछौं कि तपाईंहरूले हाम्रो गोपनीयताको सम्मान गर्नुहुन्छ ।’

ईशा देओल र भरत तख्तानीले २९ जुन २०१२ मा मुम्बईमा विवाह गरेका थिए । दुवैले मुम्बईको जुहुस्थित इस्कन मन्दिरमा विवाह गरेका हुन् । विवाहको पाँच वर्षपछि २०१७ मा ईशाले छोरी राध्यालाई जन्म दिइन् । सन् २०१९ मा ईशाले दोस्रो छोरी मिरायालाई जन्म दिइन् ।