• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

एसिसी महिला प्रिमियर कप खेल्ने टोलीको बिदाई



काठमाडौँ । एसिसी महिला प्रिमियर कप खेल्ने टोलीलाई बिदाई गरिएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच महिला राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको हो । उनीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले बिदाई गरेका हुन् ।

मलेसियामा हुने खेलमा नेपालसहित आयोजक मलेसिया, संयुक्त अरब ईमिरेट्स (युएई), थाइल्यान्ड, इण्डोनेसिया, हङकङ, चीन, म्यानमार, भूटान, बहराइन, कुवेत ओमन सिंगापुर, जापान, कतार र माल्दिभ्सले सहभागिता जानउने छन् । प्रतियोगिता आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुँदैछ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल पुग्ने टोली सन् २०२४ को एसिसी महिला एशिया कपका लागि छनोट हुनेछन् ।

नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, काजल श्रेष्ठ, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, विन्दु रावल, अस्मिना कर्माचार्य, यशोदा बिष्ट, खुसी डंगोल, सबनम राई, रोमा थापा, संगीता राई, सम्झना खड्का, पुजा महतो, कविता कुँवर रहेका छन् ।