१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम गर्न उद्योग वाणिज्य महासंघको आह्वान, शान्तिका लागि सक्रिय हुन आग्रह समयसीमाभित्र तार व्यवस्थापन गर्न नसकेपछि आइस्पानद्वारा थप १५ दिनको समय माग, सञ्चार मन्त्रालयले भन्यो– ‘यो… राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली धार्मिक अगुवासँग रवि लामिछानेको छलफल, सामाजिक सद्भाव कायम गर्न अपिल भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो सुनचाँदीको मूल्य वृद्धि प्याब्सनद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल ब्रोड पिक हिमपहिरोमा बेपत्ता १० आरोहीमध्ये चार जनाको शव फेला पाँचबुँदे मागसहित माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनसन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी महिला प्रिमियर कप खेल्ने टोलीको बिदाई



अ+ अ-

काठमाडौँ । एसिसी महिला प्रिमियर कप खेल्ने टोलीलाई बिदाई गरिएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच महिला राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको हो । उनीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले बिदाई गरेका हुन् ।

मलेसियामा हुने खेलमा नेपालसहित आयोजक मलेसिया, संयुक्त अरब ईमिरेट्स (युएई), थाइल्यान्ड, इण्डोनेसिया, हङकङ, चीन, म्यानमार, भूटान, बहराइन, कुवेत ओमन सिंगापुर, जापान, कतार र माल्दिभ्सले सहभागिता जानउने छन् । प्रतियोगिता आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुँदैछ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल पुग्ने टोली सन् २०२४ को एसिसी महिला एशिया कपका लागि छनोट हुनेछन् ।

नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, काजल श्रेष्ठ, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, विन्दु रावल, अस्मिना कर्माचार्य, यशोदा बिष्ट, खुसी डंगोल, सबनम राई, रोमा थापा, संगीता राई, सम्झना खड्का, पुजा महतो, कविता कुँवर रहेका छन् ।