१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

जीएलडी नक्सा सच्याउनुपर्छ, टेबुलमा बसेर कोरिएका नक्सामा त्रुटि छ- उपप्रमुख डंगोल

जीएलडी नक्सा सच्याउनुपर्छ, टेबुलमा बसेर कोरिएका नक्सामा त्रुटि छ- उपप्रमुख डंगोल
अ अ+ अ-

काठमाडौँ । निर्देशित जग्गा विकास (गाइडेड ल्याण्ड डिभलपमेन्ट -जीएलडी) नक्सालाई बस्ती, समाज र भूगोलको वास्तविक अवस्थामा आधारित बनाउनु पर्ने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ ।

आज उहाँकै अध्यक्षतामा बसेका पूर्वाधार निर्माण र सहरी व्यवस्थापनमा काम गर्ने कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसँगको समन्वय बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । ‘यस अघिको नक्सा टेबुलमा बसेर बनाइएको हो । यो नक्सा योजना कार्यान्वयन गर्ने ठाउँमा गएर बस्तुस्थिति अध्ययन गरेर मात्र तयार पार्नुपर्छ । यसले कार्यान्वयन योग्य नक्सा बन्छ । विकासमा स्थानीय सहभागिता बढ्छ । अपनत्व हुन्छ ।’ डंगोलले पूर्वाधार निर्माण र उपयोगका विषयमा धारणा राख्दै भन्नुभयो, ‘युनिभर्सल डिजाइनमा काम गरौँ । यसबाट पूर्वाधार पहुँचयुक्त हुन्छन् । विकास सबैका लागि हुन्छ ।’

उपत्यका विकास प्राधिकरणका सूचना अधिकारी सौरभ ढकालका अनुसार महानरपालिका क्षेत्रभित्र ४७५ किलोमिटर निर्देशित जग्गा विकासअन्तर्गतको सडक छ । यसमध्ये ३ सय किलोमिटर खोलिसकिएको छ ।

बैठक नियमित भए पनि नतिजाका बारेमा भन्न नसकिएको बताउँदै उहाँले, आउँदो बैठक अघि नियन्त्रण कक्ष ९कन्ट्रोल रुम० तयार गरिसक्ने र आउँदो बैठकमा विगतका निर्णयको समीक्षा गर्ने परिपाटी थालिने बताउनुभयो ।

‘जसको जिम्मेवारी, उसैको जवाफदेहिता’ आधारभूत सिद्धान्त हो । तर काठमाडौँमा पूर्वाधार निर्माण गर्ने निकायसँगभन्दा महानगरपालिकासँग जनअपेक्षा धेरै छ । बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले एकीकृत विकासका लागि साझेदार बिच समन्वय र सहअस्तित्व स्वीकारमा जोड दिँदै भन्नुभयो, ‘काठमाडौँका लागि आफूले मात्र उत्कृष्ट काम गरेर पुग्दैन । अरुको कामलाई पनि उत्कृष्ट बनाउने संस्कार विकास गर्नुपर्छ । सहज र दिगो विकास सबैको दायित्व हो भन्ने भावना जागृत गराउनु पर्छ ।’

काठमाडौं महानगरपालिकाले निर्माण गरिरहेको पैदल मार्गमा मेलम्ची खानेपानी आयोजना र नेपाल विद्युत प्राधिकरणवाट ठाउँठाउँमा खन्न थालेको विषयसहित बैठकमा पूर्वाधार निर्माणमा देखिएका असमन्वय सम्बन्धी प्रस्तावहरु थिए । विगत कमजोरी कसरी सुधार गर्न सकिन्छ । प्रस्ताव आउनुपछाडिका कारण हुन् । बैठकमा प्रस्ताव पेश गर्दै सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले भन्नुभयो, ‘सार्वजनिक जग्गा संरक्षण गर्न र नदीको सीमाङ्कनका लागि महानगरपालिकाले नापी कार्यालयवाट नापी नक्सा तथा फिल्ड बुक र नापी तथा मालपोत कार्यालयवाट स्रेस्ता प्राप्त गर्ने अपेक्षा राखेको छ ।’

सडक निर्माण र मर्मतका सम्बन्धमा भएको छलफलमा डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख नारायणदत्त भण्डारीले, मीनभवन र बबरमहलमा यात्रुहरुका लागि र्‍यामसहितको आकाशे पुल निर्माण गर्ने योजना सुनाउनुभयो । योजनाका विषयमा धारणा राख्दै महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले, र्‍याम भएका आकाशे पुलको सट्टा लिफ्ट राखिनुपर्ने बताउनुभयो । यसले आकाशे पुलहरु अपाङ्गता भएका व्यक्ति, विरामी तथा ज्येष्ठ नागरिकले सजिलै उपयोग गर्न सक्छन् । उहाँको भनाइ थियो ।

‘विद्युत प्राधिकरणले जमिन सतहबाट ५० सेन्टिमिटर तल तार विछ््याएको छ । जवकि खानेपानीका पाइपलाइन ९० सेन्टिमिटर तल छन् । यसले निर्माण अवधिमा त खासै समस्या हुँदैन तर मर्मत उपयोगमा ठूलो समस्या सिर्जना गर्छ ।’ बैठकमा खानेपानी तथा ढल निकास विभागका सिनियर डिभिजन इञ्जिनियर रविन्द्र पोखरेलले भन्नुभयो, ‘यो डिजाइन गलत छ । भोलि आउन सक्ने जोखिम आजै आँकलन गरौँ ।’ उहाँका अनुसार सडकमा खानेपानीका पाइप धेरै भएका ठाउँमा ५ वटासम्म छन् । तर वितरण प्रणालीका लागि भूमिगत गरिएका ठाउँमा कतिवटासम्म तार छन्, भन्न सकिने अवस्था छैन । उहाँको यो भनाइमा बैठकमा सहभागी नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख ताराप्रसाद प्रधानले कुनै प्रतिक्रिया दिनुभएन । महानगरपालिकाले बसन्तपुर सम्पदा क्षेत्रमा ढुङ्गा बिछ्याउने योजना कार्यान्वयनमा जानु अघि प्राधिकरणबाट विजुली वितरण प्रणालीको काम सक्नका लागि गरिएको अनुरोधमा प्रधानले, यसमा राखिने बक्स ठूला हुने र यस्ता बक्स राख्न मिल्ने भए काम गर्न सकिने बताउनुभयो ।

बसन्तपुरकै संस्कृत विश्वविद्यालयको जोखिमपूर्ण भवन तत्काल भत्काउने विषयमा राखिएको प्रस्तावमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले भवन भत्काउनु अघि यसको ड्रइङ् डिजाइन उतार गरिसक्नु पर्ने बताउनुभयो ।

सहरी व्यवस्थापनका विषयमा महानगरपालिका आएका गुनासा र सम्बोधनका लागि साझेदारको सहभागिताबा विषयमा महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले, चकुन्चा खोला, धोवीखोलालगायत नदी तथा खोलाको पूर्वाधार सुधारमा बर्खा अगाडि नै काम गर्न सकिएन भने डुवानको समस्या हुने बताउनुभयो । ‘सडकका किनारामा रहेका रेलिङ्गमा रङ्ग लगाउँदा, कुच्चिएका, भाँचिएका, बाङ्गिएकालाई नसोझ्याई जस्तो छ त्यस्तैमा लगाइएको छ । सहरमा ठाउँ ठाउँमा पानीको चुहावट भएर आवागमन र सुन्दरतामा समस्या देखिने गरेको छ । साझेदारले समयमा आफ्ना मातहतका संरचनाको सुधार गरिदिए महानगरमा आउने गुनासाको संख्या घट्ने थियो ।’ उहाँको भनाइ थियो ।

पाण्डेले यस्तो बताएपछि डिभिजन सडक कार्यालयका प्रमुख भण्डारीले, महानगरपालिका क्षेत्रभित्रको ४७२ किलोमिटर सडक विभागको कार्य क्षेत्राधिकारमा रहेको बताउँदै यस सडकमा सतह मिलान गर्नु पर्ने, सफाइ गर्नु पर्ने तथा मर्मत गर्नु पर्ने काम नियमित भएको बताउनुभयो ।