• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

‘ट्वेल्थ फेल’का अभिनेता विक्रान्तलाई पुत्रलाभ



एजेन्सी । ‘ट्वेल्थ फेल’का अभिनेता विक्रान्त मेसीकी श्रीमती शितलले बुधबार छोरालाई जन्म दिएकी छन् । अभिनेताले यो खुसीको खबर इन्स्टाग्राममा सेयर गरेका छन् ।

पोष्ट सेयर गर्दै विक्रान्तले लेखेका छन्, ‘हामी एक भएका छौं । हाम्रा छोरा आगमनको घोषणा गर्न पाउँदा हामी धेरै खुसी छौं । शीतल र विक्रान्त ।’

विक्रान्तका फ्यानहरुले उनको पोस्ट देखेर उनलाई बधाई दिइरहेका छन् । धेरै सेलिब्रेटीहरूले पनि विक्रान्तलाई बुबा बनेको अवसरमा शुभकामना दिएका छन् ।

मिडिया रिपोर्टका अनुसार विक्रान्त र शीतलको भेट अल्ट बालाजीको वेब सिरिज ‘ब्रोकन बट ब्यूटीफुल’ को सुटिङका ​​क्रममा भएको थियो । दुवैले यो सिरिजमा सँगै काम गरेका थिए । लामो समय एकअर्कालाई डेट गरेपछि यो जोडीले २०१९ मा इन्गेजमेन्ट गरेका थिए । यस पछि, यो जोडीले फेब्रुअरी २०२२ मा विवाह गरे ।