२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा स्कुल बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु



अ+ अ-

महेन्द्रनगर । धनुषामा विद्यालयको बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहागनरपालिका–२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कूलको बसले आज ठक्कर दिँदा एक भारतीय नागरिकको ज्यान गएको हो ।

धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माका अनुसार बा२प ७६० नं को बसले साइकल यात्री भारतको मधुवनी जिल्लाका हाल जनकपुरमा ससुरालीमा बस्दै आएका २७ वर्षीय ममताज कवारीलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भिर घाइते उनको प्रादेशिक अस्पताल जनकपुरधाम लैजाँदा बाटोमै मृत्यु भएको हो ।

बस चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–५ का रामजस मण्डललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।