१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

५ करोड फिरौती माग्दै धम्क्याउने दुई जना पक्राउ

५ करोड फिरौती माग्दै धम्क्याउने दुई जना पक्राउ
अ अ+ अ-

पोखरा । प्रहरीले ५ करोड रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिने दुई जनालाई पक्राउ गरेको छ ।

फोन तथा म्यासेजमार्फत धम्क्याएको आरोपमा प्रहरीले पर्वतको कुश्मा नगरपालकिा घर भएका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्रीलाई बुधबार साँझ पक्राउ गरेको हो ।

उनीहरुले पोखरा महानगरपालिका–१६, लामाचौरका प्रकाशदीप गैरेलाई फोन र म्यासेजमा हिन्दी भाषामा कुराकानी गरेर फिरौती माग्ने र नदिए ज्यान मार्ने धम्की दिँदै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

पोखरा-१६ दीपमा सच्चाइ सेवा केन्द्र चलाउँदै गैरेलाई फोन तथा एसएमएसमार्फत ५ करोड रुपैयाँ फिरौती मागेको र फिरौती नदिएमा उनको परिवार र उनलाई ज्यान मार्ने धम्की दिइएको पाइएको थापाले जनाए । फोनबाट धम्की दिएपछि उनीहरुपहिलो पटक माघ २० गते दीपस्थित सच्चाई सेवा केन्द्रमा पुगेका थिए । त्यसपछि पनि उनीहरू पटक पटक गैरेको कार्यालयमा पुगेका थिए ।

प्रहरीले उनीहरुको साथबाट लागूऔषध गाँजा, धम्क्याउन प्रयोग गरिएको सिमकार्ड, मोबाइल सेट, किताब, हातहतियार तथा विभिन्न व्यक्तिको नाम लेखिएको ८ वटा शंकास्पद पान्ना पनि फेला परेको छ । ‘८ वटा पान्नामा विभिन्न नेता, व्यापारी, उद्योगी, व्यवसायीलगायत ठूलाठूला मान्छेको नाम लेखिएका छन् । कोहीकोहीका त सन्तानको पनि नाम लेखिएका छन्’, एसपी थापाले भने ।

उनीहरुबाट बरामद भएको पान्नामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवासहित ३५ जनाभन्दा बढी नेता, व्यवसायी तथा उद्योगीको नाम रहेको एसपी थापाले बताए । उनीहरुबाट बरामत गरिएको सामग्रीमा बिग मनी, बिग टार्गेट, किडन्याप, फिरौती, सुटआउट, प्रोटेक्सन मनी, रिचकिड्स’ लगायतका शब्द प्रयोग गरिएको पाईएको छ ।

पक्राउ परेका दीपकबहादुर क्षेत्री यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परेका थिए । उनी २०७९ मा हातहतियार तथा खरखजाना र २०७१ मा सार्वजनिक मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्वतबाट पक्राउ परेका थिए । दर्जी भने एक महिनाअघिमात्रै वैदेशिक रोजगारबाट नेपाल आएका थिए । नेपाल आएपछि उनले क्षेत्रीसँग मिलेर पोखरा महानगरपालिका– ८ जाल्पारोडमा कोठा भाडामा लिएर योजनाबद्ध रुपमा लागेको देखिएको एसपी थापाले बताए ।

पक्राउ परेका उनीहरुविरुद्ध लागुऔषध गाँजा, हातहतियार तथा खरखजना र आपराधिक लाभ एक्सटेन्सनसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको कास्कीका प्रहरी प्रमुख एसपी थापाले जानकारी दिए ।