१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरी कुट्ने बुबा धरौटीमा रिहा



अ+ अ-

हेटौँडा । आफ्नी छोरीलाई निर्घात कुटपिट गरको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा भएका छन् ।

जिल्ला अदालत मकवानपुरले महोत्तरी एकडाँडा गाउँपालिका–३ घर भई हाल हेटौँडा–५, सिँचाइटोल बस्ने २७ वर्षीय रामजी मण्डललाई रु ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

गत पुस २१ गते मण्डलले आफ्नी चार वर्षीया छोरीलाई पढाउने क्रममा कुटपिट गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

मण्डलले छोरीलाई पेन्सिलले मुख र शरीरका विभिन्न भागमा घोचेर घाइते बनाएका थिए । घाइते छोरीलाई हेटौँडा अस्पतालमा उपचार गरी घर लगिएको छ । बालिकालाई कुटपिट गर्ने मण्डललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धानका लागि हिरासतमा राखेको थियो । उनीमाथि बालबालिकाविरुद्ध कसुर मुद्दामा कारबाही सुरु भएको हो । रासस