२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान आम निर्वाचन: मतदान जारी



अ+ अ-

इस्लामावाद । पाकिस्तानको आम निर्वाचनका लागि बिहीबार बिहानैदेखि देशभर मतदान सुरु भएको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ ।

कूल २६६ मध्ये एक बाहेक ३६५ संसद् सदस्य निर्वाचित गर्नका लागि स्थापित हजारौँ मतदान केन्द्रमा मतदान जारी रहेको छ । एकाधबाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेद्वारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सैयद नदीम हैदरले मतदान प्रक्रिया स्थानीय समय अनुसार बिहान ८ बजेदेखि शुरू भई बेलुका ५ बजेसम्म निर्बाधरूपमा जारी रहने बताउनुभयो ।

मतदानबाट आगामी पाँच वर्षका लागि नयाँ सरकार गठन गर्ने संसद्को तल्लो सदनका २६५ सदस्य छान्न मतदाता बिहानै मतदान केन्द्रहरूमा पुगेको आयोगले जनाएको छ ।

पाकिस्तानका चार प्रान्तीय सभाको निर्वाचन आज एकै दिन भइरहेको छ ।

आयोगका अनुसार १२ करोड ८० लाखभन्दा बढी पाकिस्तानी जनता अर्थात् देशको कूल जनसङ्ख्याको आधाभन्दा बढी व्यक्ति आम निर्वाचनका लागि मतदान गर्न योग्य मानिएका छन् ।

देशभर ९० हजार ६७५ मतदान केन्द्र स्थापना गरिएको छ भने आयोग, सुरक्षाकर्मी तथा मतदाताको सहयोगमा चुनावकोे लागि सबै व्यवस्था सम्पन्न भइसकेको छ ।

कूल २६५ सीटका लागि हुने राष्ट्रिय निर्वाचनका लागि छ हजारभन्दा बढी उम्मेदवार रहेका र खैबर पख्तुनख्वा, पञ्जाब, बलुचिस्तान र सिन्धसहित चार प्रान्तका लागि ५९० वटा सीटमा १२ हजारभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गर्ने घोषणा आयोगले गरेको छ ।

उम्मेद्वारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ ।