१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

बाबियाचौरमा स्वास्थ्य चौकी भवन निर्माण

बाबियाचौरमा स्वास्थ्य चौकी भवन निर्माण
अ अ+ अ-

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन निर्माण गरेको हो । दुईतले नौकोठे भवन निर्माण भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले जानकारी दिनुभयो ।

“बाबियाचौर स्वास्थ्य चौकी स्थापनाकालदेखि नै सहश्रधारामा रहेको सामुदायिक भवनको एउटा साँघुरो कोठाबाट सञ्चालन हँुदै आएको थियो”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले हस्तान्तरण गरिसकेको भवनमा विद्युत् जडान गरेर केही दिनमै प्रयोगमा ल्याउने तयारीमा छौँ ।”

भवनमा बिरामी उपचार, प्रशासन, औषधि भण्डारण, बैठक हल, सहायता कक्ष र स्वास्थ्यकर्मीको आवास रहेको छ । भवन निर्माणका लागि विसं २०७८ माघ २० गते ग्राण्ड–खाम्पाचे एसके जेभी काठमाडौँसँग रु एक करोड ४९ लाख २८ हजार तीन सय ७२ मा ठेक्का सम्झौता भएको छ ।

भेरियसन अर्डर गर्दा लागत घटेर रु एक करोड ४३ लाख भएको भवनको ९२ प्रतिशत भौतिक प्रगति भएको र रु एक करोड ३० लाखमात्र भुक्तानी भएको गाउँपालिकाका सबइन्जिनियर विपिन आचार्यले बताउनुभयो ।

“मूल्याङ्कनका क्रममा डिजाइनअनुसारको सबै संरचना निर्माण नगरेकाले भुक्तानीका क्रममा रकम घटाएको हो”, उहाँले भन्नुभयो, “दुई वर्षको ठेक्का अवधिभित्रै भवन निर्माण सकिएको छ ।” भवन परिसरमा घेराबार र प्रवेशद्वार निर्माणको काम बाँकी छ ।

रणवाङका ललितबहादुर मल्ल, डम्मरबहादुर मल्ल, होमबहादुर सेन, तिलकबहादुर सिंह, भगवान सुवेदी र स्व मातृकाप्रसाद गौचनले स्वास्थ्य चौकीको भवन बनाउन पाँच रोपनी जग्गा उपलब्ध गराउनुभएको वडाध्यक्ष खातीले बताउनुभयो ।

यसअघि अस्थायी र साँघुरो भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो । नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह सहज हुने स्वास्थ्य चौकीका प्रमुख बालकृष्ण शर्माले बताउनुभयो । पाँचवटा वडा रहेको मङ्गलाको चारवटा वडाको स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन बनेको छ । वडा नं ५ को अर्मन स्वास्थ्य चौकीको भवन सङ्घीयताअघि नै निर्माण भएको थियो । वडा नं ३ को बरङ्जा र वडा नं १ कुहुँको स्वास्थ्य चौकी भवन अघिल्लो कार्यकालमा निर्माण भएको हो ।

हाल बुकेनीस्थित वडा नं ४ को भवनबाट सञ्चालन भइरहेको सामुदायिक स्वास्थ्य एकाइलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गर्ने र भवन बनाउन पहल गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।