१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले आगामी ५–६ वर्षमा ऊर्जा क्षेत्रमा ६७ अर्ब अमेरिकी डलर लगानी गर्ने



अ+ अ-

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऊर्जा क्षेत्रमा आगामी ५–६ वर्षमा ६७ अर्ब अमेरिकी डलर लगानी गर्ने बताउनुभएको छ । गोवामा भारत ऊर्जा सप्ताहको दोस्रो संस्करणको उद्घाटन गर्दै मोदीले उक्त टिप्पणी गर्नुभएको हो ।

सरकारको सुधारका कारण घरेलु ग्यासको उत्पादन बढ्दै गएको र प्राइमरी इनर्जी मिक्समा ग्यासको प्रतिशत ६ बाट १५ प्रतिशतमा पुर्‍याउने प्रयास भइरहेको प्रधानमन्त्री मोदीले बताउनु भयो । आगामी ५–६ वर्षमा करिव ६७ अर्ब डलर लगानी हुने उहाँको भनाइ थियो । सरकारले सन् २०२५ सम्म पेट्रोलमा २० प्रतिशत इथानोल मिसाउने लक्ष्य राखेको छ । गत वर्ष इण्डिया इनर्जी वीकमा ८० भन्दा बढी रिटेल आउटलेटमा २० प्रतिशत इथानोल मिसाउने कार्यको स्मरण गर्दै मोदीले यी आउटलेटहरूको संख्या बढेर ९ हजार पुगेको बताउनु भयो ।

भारत ऊर्जा सप्ताह २०२४ मा विभिन्न देशका लगभग १७ ऊर्जा मन्त्रीहरू, ३५ हजार भन्दा बढी सहभागीहरू र ९ सय भन्दा बढी प्रदर्शकहरूको सहभागिता हुने अपेक्षा गरिएको छ ।