काठमाडौं । बुधबार साझ रत्नपार्क भित्र प्रबेश गर्दा लाग्थो कुनै चीनियाँ सहर भित्र गईरहेका छौँ । गेटदेखि नै चिनियाँ बिम्ब र संस्कृति झल्काउने आकर्षक बत्ति तथा सजाबटका सामग्री थिए ।
रत्नपार्क यति सुन्दर देखिएको थियो कि जहाँ राम्रा र उत्कृष्ट कार्यक्रमका लागि नयाँ गन्तव्यका रुपमा समेत चित्रित हुदै थियो । सन् २०२४ फेब्रुअरी १० तारिखदेखि चिनियाँ ड्रागन वर्ष प्रारम्भ हुँदैछ ।
यही उत्सव पारेर नेपाल स्थित चीनियाँ दूतावासले रत्नपार्कमा लालटिन पर्व मनाएको हो। नेपाल पर्यटन बोर्ड र काठमाडौ महानगरपालीको सहयोगमा भएको कार्यक्रममा सस्कृति मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ् सहभागी हुनु भएको थियो ।
मन्त्री किरातीले नयाँ वर्ष उत्सवको शुभकामना दिदै नेपाल चीन सम्बन्धको बारेमा चर्चा गर्नुभएको थियो । राजदूत छन् सोङ्ले नेपाल चीनका लागि असल मित्र भएको बताउनु भएको थियो । कार्यक्रममा चीनियाँ खाना सहित बिभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
चिनियाँ नयाँ वर्ष उत्सवको अन्तिम दिनलाई लालटिन पर्व भनिन्छ । यस दिन घरघरमा परिवारहरू चिप्लो चामलबाट बनेको पकौडि तथा गुजिया पकाउछन् र यी परिकारहरूलाई गुलियो सुपसँग खान्छन् ।
यो दिनमा परम्परागत रूपमा युवक तथा युवतीहरूले आफ्नो जिवनसाथी छान्ने चलन पनि रहिआएको छ ।
चिनियाँहरू यो पर्वलाई १५ दिनसम्म मनाउने गर्दछन । नयाँ वर्षको पहिलो दिनबाट बिभिन्न कार्यक्रम हुन्छ जुन १४ दिनपछि लालटिन पर्व सँगै अन्त्य हुन्छ । यो नयाँ वर्ष लुनार पात्रोको सुरूआतसँगै सुरु भएको मानिन्छ।