१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकको समीक्षा: निर्णय कार्यान्वयन भएनन्, चैत्रमा तेस्रो बैठक

राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकको समीक्षा: निर्णय कार्यान्वयन भएनन्, चैत्रमा तेस्रो बैठक
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकले संघीयता कार्यान्वयनसँगका विषयमा भएका निर्णयको कार्यान्वयन प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकले पहिलो बैठकका निर्णयहरुको कार्यान्वयनमा प्रभावकारीता नदेखाएको निस्कर्ष निकालेको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताउनु भयो । उहाँले आजको बैठकमा पहिलो बैठकले गरेका निर्णयको कार्यान्वयनको समीक्षा गर्ने र संघीयता कार्यान्वनयसँग जोडिएको विषयमा छलफल भएको बताउनु भयो ।

उहाँले पहिलो बैठकले गरेका अधिकांश निर्णयहरु कार्यान्वयन नभएको र कार्यान्वयनका निम्ति आवश्यक तत्परता लिएको नदेखिएको बताउनु भयो । उहाँले कार्यविस्तृतिकरण लगायका विषयहरु प्रश्तुत गरेको भएपनि आवश्यक तयारी नभएकाले फागुन मसान्तसम्ममा सबै कार्यसूचिमा व्यवस्थित तयारी गर्ने र चैत्रको मसान्तसम्म संघीयता कार्यान्वयनसँगका विषयमा निर्णय गरी कार्यान्वयन प्रभावकारी बनाउने निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक सम्पन्न भयो । पहिलो बैठकले गरेका निर्णयको कार्यान्वयनको समीक्षा गर्ने र संघीयता कार्यान्वनयसँग जोडिएका अरु यावत विषयहरु कानून निर्माण, संशोधनको विषय, साझा सूचिको कार्यान्वयन, विकासका आयोजनामा दोहोरोपन देखिएको विषय, संरचनामा देखिएको दोहोरोपन लगायतका संघीयता कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण विषयमा छलफल गर्ने र निर्णय गर्ने भनेर बैठकको आयोजना भएको थियो । पहिलो बैठकले गरेका अधिकांश निर्णयहरु कार्यान्वयन नभएको वा कार्यान्वयनका निम्ति आवश्यक तत्परता लिएको देखिएन । यस पटक पनि कार्यविस्तृतिकरण लगायका विषयहरु प्रश्तुत गरिएका थिए, त्यसमा आवश्यक तयारी पुगेको देखिएन । फागुन मसान्तसम्ममा सबै कार्यसूचिमा व्यवस्थित तयारी गर्ने र चैत्रको पहिलो वा दोस्रो र ढिलोमा चैत्र मसान्तसम्म तेस्रो बैठक बसेर संघीयता कार्यान्वयनसँगका विषयमा निर्णय गरी कार्यान्वयन प्रभावकारी बनाउने । प्रहरी समायोजनको लागि केही प्रयास भएका छन्, तर त्यसलाई मूर्त रुपले अघि बढाउन बाँकी रहेको देखियो । फागुन मसान्तसम्म आवश्यक तयारी गर्ने र चैत्र मसान्तभित्र बैठक बसेर निर्णय गर्ने प्रश्ताव गर्नुभएको छ ।’

बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कार्यविस्तृतिकरण सम्बन्धी मस्यौदा संघले ढिलो गरेर दिएपछि आफूहरुले अध्ययन गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले तयारी नपुग्दा छलफल अर्को बैठकमा गर्नेगरी बैठक सकिएको बताउनु भयो । उहाँले यही अधिवेशनबाट आवश्यक कानून बनाएर दिने प्रतिवद्धता प्रधानमन्त्रीले गर्नुभएको बताउनु भयो । उहाँले संघले प्रदेशलाई अधिकार नदिँदा काम गर्न नपाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मस्यौदा ढिलो पाएकाले सबै विषयमा तयारी पुगेन । छलफल अर्को बैठकमा गर्नेगरी सारियो । चैत्र १५ गतेभित्र अर्को बैठक बस्नेगरी सहमति भएको छ । यही अधिवेशनबाट आवश्यक कानून बनाएर दिने भन्नुभएको छ । अधिकार त हामीले पाएकै छैनौँ । संघले प्रदेशलाई अधिकार दिएकै छैन ।’

बैठकपछि बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बैठकमा संघीयता कार्यान्वयन र ऐन, कानून निर्माणको सन्दर्भमा वृहंगम छलफल भएको बताउनु भयो । उहाँले अब छिटै तेस्रो बैठक बस्ने र कार्य विस्तृतिकरणका काम टुंग्याउने सहमति भएको बताएनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीयता कार्यान्वयन र ऐन, कानून निर्माणको सन्दर्भमा वृहंगम छलफल भयो । अब छिटै तेस्रो बैठक बस्ने र यी काम छिटो टुंग्याउने कुरा भएको छ । असारमा भएको निर्णय कार्यान्वयन भएनन् । किन ढिला भए ? यो हाम्रो प्रश्न हो । काम गर्दागर्दै ढिलाइ भएको र प्रक्रियामा अघि बढीरहेको संघको जवाफ छ ।’

बैठकमा उपस्थित मुख्यमन्त्रीहरुले असारमा बसेको पहिलो बैठकमा गरिएका निर्णयहरु कार्यान्वयनमा कमजोरी भएको बताएका छन् । पहिलो बैठकले बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा कार्यविस्तृतिकरण परिमार्जन गरी तीनै तहका सरकारबीचको अधिकारमा ६ महिनाभित्र स्पष्टता ल्याउने निर्णय गरेको थियो । दोहोरो–तेहरो अनुदान बन्द गर्ने, दोहोरो संरचना खारेज गर्ने, आयोजनामा पनि दोहोरोपना हटाउने, कानून निर्माणमा प्रदेश र स्थानीय तहको सहभागिता, प्रमुख प्रशासकीय अधिकृतको २ वर्ष सरुवा नगर्ने लगायतका निर्णय गरेको थियो । राष्ट्रिय समन्वय परिषद्को बैठकले एकीकृत अभिलेख प्रणालीको विकास गर्ने र जग्गा प्राप्तिलाई सहज बनाइने लगायतका निर्णय गरेको भएकपनि कार्यान्वयन हुन नसकेको बैठकमा सहभागीहरुको धारणा छ ।