१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

सडक नहुँदा पिठ्यूँमै सामान बोक्दै चुरे क्षेत्रका बासिन्दा

सडक नहुँदा पिठ्यूँमै सामान बोक्दै चुरे क्षेत्रका बासिन्दा
अ अ+ अ-

कञ्चनपुर । डडेल्धुराको पर्शुराम नगरपालिका–११ सुवाखानका धनबहादुर विष्ट पिठ्यूँमा सामानको भारी बोक्दै तीन दिन लगाएर कञ्चनपुरको झलारी बजारबाट घर आइपुग्नुहुन्छ । घरमा विष्टले किरानाको पसल सञ्चालन गर्नुभएको छ ।

दुई दशकदेखि उहाँले चुरे क्षेत्रमा रहेको बस्तीबाट पैदल हिँडेर सामान खरिद गर्नका लागि झलारी बजार आउँजाउँ गर्दै आउनुभएको छ । बस्तीसम्म पुग्ने सडक नहुँदा गोरेटो बाटोमा पैदल हिडदैँ उहाँले सामान बोक्नुपर्ने बाध्यता छ । “एक दिन सामान खरिद गर्नका लागि झलारी बजार पुग्छौँ”, विष्टले भन्नुभयो, “दोस्रो दिन पिठयूँमा भारी बोक्दै धारापानी क्षेत्रमा बास बस्नुपर्छ । तेस्रो दिन साँझ अवेर सामानको भारी बोकेर घर पुग्छौँ ।” कहिले आफैँ भारी बोक्ने गरेको उल्लेख गर्दै उहाँले सामान बढी लैजानु पर्ने भए भरियाको व्यवस्था गरी सामान ढुवानी गर्दै आएको बताउनुभयो ।

“एक जना भरियाले नुन, तेल, चामल, चिनीलगायतको सामान २५ किलोदेखि ३० किलोसम्म बोक्न सक्छन्”, विष्टले भन्नुभयो, “ठाडो उकालो असहज बाटो हुँदा थोरै सामान बोक्ने गर्दछन् । सामान बोकेबापत प्रतिकिलो रु २० का दरले ज्याला दिनुपर्छ । बास बस्दा लाग्ने खर्चसँगै खानाको व्यवस्था ढुवानी गराउनेले तिर्नुपर्दछ ।” ढुवानीको रकम सामानमा जोडेर स्थानीय बासिन्दालाई महँगोमा बेच्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो ।

पिठयूँमा भारी बोक्दै पैदल हिँड्ने क्रम वर्षौंदेखि चल्दै आएको विष्टले बताउनुभयो । उहाँका अनुसार हाल झलारी बजारदेखि धारापानीसम्म सडकको सहजताले सामान ढुवानीसँगै यात्रा गर्न सहज भएको भए पनि धारापानीबाट उत्तरतर्फ पहाड क्षेत्रमा सडक नहुँदा स्थानीय बासिन्दाले पैदल नै गन्तव्य तय गर्नुपर्ने बाध्यता छ ।

विष्टजस्तै वारेगडा, एक्ले गडा, दोवाटो, फल्ले खर्क, असलाडी, जडेखोला, सिमलवण्ड, सल्येगडी, गैरीपातललगायतका बासिन्दाले सडक नहुँदा हैरानी खेप्दै आएका छन् ।

गाउँमा बिरामी भए डोको, स्ट्रेचरमा राखेर झलारीलगायत बजार पुराउनुपर्ने अवस्था रहेको प्रताप विष्टले बताउनुभयो । “सुत्केरीलाई पनि बोकेरै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको बर्थिङ सेन्टरमा ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “ज्यान जाने डर हुन्छ, बिरामीलाई अस्पताल पुर्‍याउन नपाउँदै ज्यान गएका पनि छन् ।”

गत वर्ष मात्रै बाढी आएको धारापानी खोलामा तर्ने क्रममा एक जना बालकले ज्यान गुमाउनुपरेको प्रतापले उल्लेख गर्नुभयो ।

“खाद्यान्न, नुन, तेल, चिनी, लुगाकपडालगायत ल्याउनका लागि यहीँ बाटोको प्रयोग गर्नुपर्छ”, राजन खत्रीले भन्नुभयो, “बर्सातका बेला धारापानीलगायतका खोलामा पानीको बहाव उच्च हुन्छ । बाढी आएको खोला तर्नुपर्ने बाध्यता हुन्छ । कुन बेला खोलामा चिप्लिएर बग्ने हो पत्तो नै हुँदैन, वर्षौंदेखि ज्यान हत्केलामा राखेर यात्रा गर्दै आएका छौँ ।”

चुरे पर्वतमा हिँड्दै आएका परम्परागत बाटा पहिरोका कारण अवरुद्ध हुँदा घाँसका बोट समातेर भिरपाखामा हिँड्नुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो । “चुनावका बेला मात्रै गाउँगाउँमा सडक बनाउने अश्वासन बाँडिने गरेका छन्”, स्थानीय खत्रीले भन्नुभयो, “सडक बन्छ भन्ने आशमा मतदानमा सहभागी हुन्छौँ । चुनाव जितेर गएका बस्तीमा त्यसपछि अनुहारनै देखाउँदैनन् ।”

“बुबाबाजेले पिठयूँमै सामान बोकेर पाल्ने गरेका थिए”, अमरबहादुर बिष्टले भन्नुभयो, “हामीले पनि अहिलेको अवस्थामा पनि पिठयूँमै सामान बोकिरहेका छौँ । सडक निर्माणका लागि नगरपालिका, प्रदेश र सङ्घीय सरकारलाई आग्रह गरे पनि अहिलेसम्म अश्वासनबाहेक विकास आउन सकेको छैन ।”

यहाँको चुरे क्षेत्रमा बसोबास गर्ने गाउँका बासिन्दाले सहज सडक, खोलामा पुल, खानेपानी, विद्यालय र स्वास्थ्य संस्थाको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । रासस