१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

रास्वपा सचेतक डाँगीद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

रास्वपा सचेतक डाँगीद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक निशा डाँगीले सवारी दुर्घटना न्यूनीकरणका उपायसहित प्रतिनिधिसभामा आज जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ ।

बढ्दो सवारी दुुर्घटनाबाट प्रत्येक वर्ष दुई हजारभन्दा बढीले ज्यान गुमाइरहेको र यसबाट राज्यलाई ठूलो क्षति पुर्‍याइरहेको उक्त प्रस्तावमा उल्लेख छ । प्रस्तावमा सवारी दुर्घटनाको अवस्था, दुर्घटनाले पुर्‍याउने तत्कालीन र दीर्घकालीन असर र दुर्घटनाका कारणसमेत उल्लेख गर्दै चालक अनुमति पत्र किनबेच गर्ने विचौलिया प्रवृत्तिको अन्त्य, ट्राफिक सचेतना प्रवद्र्धन, सडक प्रयोगकर्तामैत्री पूर्वाधार र व्यवस्थित तथा सुरक्षित सार्वजनिक यातायातको माग गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित प्रस्तावमा राष्ट्रिय विकास योजनामा दिगो विकासका लक्ष्य समावेश गरेको नेपालले ‘ग्लोबल रोड ट्राफिक सुरक्षा’का उद्देश्यसँग तालमेल मिलाएर काम गर्नपर्ने मार्गनिर्देशनको मागसमेत गरिएको छ ।

यस्तै, सडक र विद्यामान पूर्वाधारका क्षमता वृद्धि र स्तरोन्नतिका लागि सरकारका योजना एवं कार्यक्रमबारे सरकार, विज्ञ र सरोकारवालासमेतको उपस्थितिमा छलफल माग गरिएको छ ।

प्रस्तावमा सचेतक डाँगीले सडक दुर्घटनाको न्यूनीकरण गर्न र पैदल यात्रुको सुरक्षा सुनिश्चित गर्न नयाँ कानुन आवश्यक भएको भन्दै त्यससम्बन्धी छलफल गर्न माग गर्नुभएको छ ।

“दुर्घटनामा परेर ज्यान गुमाउने वा घाइते ६६ लाख ६६ हजार नौ सय ३७ परिवार रहेको र त्यसमध्ये हरेक ३९ मध्ये एक परिवारले दुर्घटनाका घाइते स्याहारिरहेको छन्”, प्रस्तावमा भनिएको छ, “दीर्घकालीन असर हेर्ने हो भने राज्यले बेहोर्नुपर्ने मानवीय, आर्थिक र सामाजिक क्षति पनि उत्तिकै ज्यादा हुने गर्छ । सडक दुर्घटनाका कारण बर्सेनि करिब रु दुई खर्बको क्षति हुने गरेको छ ।” गत आवमा मात्रै सडक दुर्घटनाबाट रु एक खर्ब ७३ अर्ब बराबरको आर्थिक क्षति नेपालले बेहोर्नुपरेकोर सडक दुर्घटनाकै कारण कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तीन प्रतिशत बराबरको आर्थिक नोक्सानी बर्सेनि सरकारले बेहोरिरहेको प्रस्तावमा उल्लेख छ ।

प्रस्तावको समर्थकमा रास्वपाका उपसभापति एवं सांसद डोलप्रसाद अर्याल, सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठलगायतका सांसद हुनुहुन्छ ।