६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक ९०.६७ अंकले बढेर बन्द, व्यापारिक समूहका मूल्य वृद्धि



अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से परिसूचक ९०.६७ अंकले बढेर २ हजार ४१६ विन्दुमा पुगेर बन्द भएको छ । यो दिन ३.७५ प्रतिशत बढेर शेयर बजार बन्द भएको हो ।

नेप्से परिसूचकसँगै यो दिन सेन्सेटिभ इन्डेक्स पनि १४.६७ अंक बढेर ४ सय ५१.४६ विन्दुमा पुगेको छ । यो ३.३६ प्रतिशतले बढेको हो । अघिल्लो कारोबार दिनको तुलनामा यस दिन कारोबार रकम भने कम भएको छ । बुधवार रू. ६ अर्ब २५ करोड ४८ लाख ९ हजार बराबरको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर कारोबार भएको बिहीवार रू. ६ अर्ब ५ करोड ८१ लाख ४ हजार बराबरको १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता शेयर कारोबार भएको हो ।

 यो दिन २०६ वटा कम्पनीको ६५ हजार १७४ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो । यो दिन कारोबारमा आएका १३ वटा समूहगत परिसूचक पनि बढेका छन् । सर्वाधिक परिसूचक व्यापारिक समूहको ७.१ प्रतिशतले बढेको छ । यो दिन व्यापारिक समूहका लगानीकर्ताहरुको सम्पत्ति मूल्य सबैभन्दा बढीले वृद्धि भएको हो । 

यसदिन बैंकिङको २.९६ प्रतिशत, होटल्स तथा पर्यटनको २.९९ प्रतिशत, विकास बैंकको २.४७ प्रतिशत, जलविद्युतको ४.७८ प्रतिशत, वित्तको २.७८ प्रतिशत, निर्जीवन बीमाको २.६१ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३.६६ प्रतिशत, अन्यको ५.४४ प्रतिशत, लघुवित्तको ५.०६ प्रतिशत, जीवन बीमाको ३.५ प्रतिशत, म्युचुअल फण्डको ०.१९ प्रतिशत र लगानी समूहको ५.२६ प्रतिशत परिसूचक बढेको छ ।

बिहीवार कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ओगटेको छ । उक्त कम्पनीको रू. ५३ करोड २३ लाख ९० हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य पनि ८.६६ प्रतिशत बढेको छ । प्रतिकित्ता रू. ४४ ले बढेर यसदिन कम्पनीको अन्तिम शेयरमूल्य रू. ५५२ कायम भएको हो । यसदिन कम्पनीको शेयरमूल्य न्यूनतम रू. ५०८ देखि अधिकतम रू. ५५८ सम्म पुगेको थियो ।