२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन सरकारका कारण देश बर्बाद भयो: एमाले सांसद श्रेष्ठ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले गठबन्धन सरकारका कारण देश बर्बाद भएको बताउनुभएको छ ।

बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा भयावह स्थिति सिर्जना भएको र दिनप्रतिदति देश असफलतातिर गएको बताउनु भयो । उहाँले । देशमा भ्रष्टाचारले सीमा नाघेको र सुशासन कायम नरहेको जिकिर गर्नुभयो ।

उहाँले नेकपा एमाले ०८४ मा बहुमतका साथ आफ्ना योजना लिएर सरकारमा आउने दाबी गर्नुभयो । उहाँले इतिहासमा सबैभन्दा कमजोर सरकार अहिलेको भएको बताउनु भयो । अहिलेको सरकारले देशको सार्वभौम सत्ता, नेपालको स्वाभिमान, नेपाली स्वाधिनतालाई कमजोर बनाउने काम तथ्य प्रमाणले प्रमाणित गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशमाथि जुन भयावह स्थिति सिर्जना भएको छ । देश असफलतातिर गएको छ । देश अराजकतातिर गएको छ । देशमा भ्रष्टाचार भएको छ । देशमा सुशासन कायम छैन । यि सवालहरुमा हामीले कुरा उठाउँदा सत्तामा जानुपर्छ भन्ने मान्यता होइन । मिसन ०८४ मा नेकपा एमाले आफ्नो योजना लिएर बहुमतका साथ आउँछ । इतिहासमा सबैभन्दा कमजोर सरकारमा रुपमा अहिलेको सरकार छ । अहिलेको जस्तो राष्ट्रियता कमजोर कहिल्यै पनि भएको थिएन । प्रचण्ड नेतृत्वको सरकारले देशको सार्वभौम सत्ता, नेपालको स्वाभिमान, नेपाली स्वाधिनतालाई कमजोर बनाउने काम तथ्य प्रमाणले प्रमाणित गरेको छ । वर्तमान सरकारकै कारण देश बर्बाद भएको छ ।’

सांसद श्रेष्ठले गठबन्धन सरकार समग्र रुपमा असफल भएको बताउनु भयो ।