२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको सरकार जस्तो नालायक र गतिहीन इतिहासमा कुनै थिएन: गोकुल बास्कोटा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अहिलेको सरकारजस्तो नालायक र गतिहीन अरु कुनै नभएको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यो भन्दा जवाफदेहीविहीन सरकार इतिहासमा कहिल्यै नभएको बताए ।

कान र आखाँ नभएको सरकार भन्दै उनले भने, ‘यो भन्दा नालायक, गतिहीन, जवाफदेहिताविहीन इतिहासमा कहिल्यै थिएन। जसको न कान छ न आँखा छ। कहिले सुन्छ सरकारले ?  सुन्या छ कि छैन ? सुन्या भए जवाफ चाहियो।’

उनले धुलिखेल पाँचखाल सडक कहिले बन्ने भन्दै पश्न समेत गरे । उनले भने, ‘प्रधानमन्त्री प्रचण्ड पाँचखाल जानुभयो र आफ्नो ड्राइभरलाई सोध्नुभयो यो बाटो यस्तो होला भन्ने मैले सोचेको थिएन। धन्न हाम्रो देशको प्रधानमन्त्री। अर्थमन्त्री नगरकोट भएर मेरो नगरमा जानुभयो, भौतिक मन्त्री यही हुनुहुन्छ। उहाँलाई चार पटक भने आज बाटो बन्दैन किने ?’